सुधार गर्नुपर्ने पक्षहरू

रविकिरण हमाल
नेपालमा गणतन्त्र घोषणा भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएको थियो । सुरुका दिनहरूमा मप विश्वविद्यालयको स्थापनाको एउटै उद्देश्य भनेको कर्णालीवासीहरू उच्च शिक्षा हासिल गर्न काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य नै थियो । आफ्नै घर आगनमा उच्चशिक्षा हासिल गर्न सकिने वातावरण निर्माण हुँदा गरीब सर्वसाधारण जनताका छोराछोरी सहजै शिक्षाको पहुँचमा पुग्न सफल भएका छन् । आज यो विश्वविद्यालयले नौ वर्ष पूरा गरेको छ ।
भौतिक पूर्वाधारको विकासमा राम्रै प्रगति हासिल गरेपनि शैक्षिक तथा प्रशासनीक रूपमा अझै पनि मप विश्वविद्यालयको अवस्था निकै कमजोर छ । विश्वविद्यालय अन्तर्गत १६ आंगिक क्याम्पस र एक सम्बद्ध क्याम्पस स्थापना हुनुलाई उपलब्धि मान्न सकिन्छ तर अन्य विश्वविद्यालय भन्दा तात्विक फरक हामिले देख्न सकिरहेका छैनौं । शैक्षिक कार्यक्रमा २७ स्नातक कोर्ष र १८ स्नाकोत्तर सुचारु गरिरहेको मप विश्वविध्यालयका अधिकांश विषय वस्तु पुरानै विश्वविद्यालयको निरन्तरतामा सीमित छन् । मप विश्वविद्यालयलाई समृद्ध नेपाल निर्माणको सारथी बनाउन आमुल रूपान्तरनको आवश्यकता छ, सुधार गर्नुपर्ने पक्षहरूको बारेमा चर्चा गरौं ।
पाठ्यक्रम बदलौं
हामीले परम्परागत रूपमा पढ्दै र सिक्दै आएको ज्ञानले नयाँ ठाउमा पु¥याउन सक्दैन । हाम्रा विद्यार्थीहरू पढाइको कुरा गर्दा रुचि नराख्नुको कारण कोर्ष कन्टेन्टको कुरा महŒवपूर्ण छ, हाम्रा प्राध्यापकहरूमा पढाउने जागरण नआउनु भनेको पनि कहीं न कतै बारम्बार त्यही कुरामा मन नगएको हुनसक्छ । प्रभावकारी पाठ्यक्रम डिजाइन गर्दा विद्यार्थीहरू कस्तो बन्छन्, उनीहरूलाई कस्तो प्रकारको वावावरण आवश्यक पर्छ र समाजलाई कस्तो फाइदा हुन्छ भन्ने कुराको राम्ररी हेक्का राख्नुपर्छ । विगतमा बनिबनाउ पाठ्यक्रमलाई लेप लगाएर विश्वविद्यालयले प्रगति हासिल गर्न सक्दैन । प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिंगले भने जस्तै काल र परिस्थिति अनुसार चल्नसकेमा मात्र अस्तित्व रहनसक्छ । काल भन्नाले समय अर्थात अहिले २१ औं शताब्दी हो । परिस्थितिको कुरा गर्दा नेपालमा गरिबी, कुपोषण, बेरोजगारी, कुशासन, परनिर्भरता जस्ता समस्याबाट हामी गुज्रिरहेका छौं ।
मप विश्वविद्यालयको पाठ्यक्रम र गतिविधिमा हामीले २१ औं शताब्दिको नेपाललाई भेट्न सक्नुपर्छ । हामीले स्थानीयस्तरमा प्रत्यक्ष सरोकारवाला निकायसँग पारामर्श गरेर मात्र पाठ्यक्रमको विकास गर्दा सहभागितामूलक लोकतन्त्रको जग बलियो बन्छ । साथसाथै विश्वमा ज्ञान र विज्ञानले गरेका आविष्कारहरूको बारेमा समेत विद्यार्थीहरू विज्ञ बन्नुपर्छ । हामीले भ्रष्टचारसँग लड्नु छ भने त्यसका लागि भ्रष्टचार विरोधी विद्यार्थी उत्पादन गर्नुपर्दछ, बेरोजगारीको अन्त्य गर्नका लागि रोजगारमूलक शिक्षा दिनुपर्दछ । यसका लागि समय र परिस्थिति अनुकुलन पाठ्यक्रम र कार्ययोजनाहरूको परिमार्जन अपरिहार्य छ ।
राजनैतिक भागवण्डाको अन्त्य
स्थापनाकालदेखि नै भ्रष्टाचार र राजनैतिक हस्तक्षेपको दलदलमा फसेको मप विश्वविद्यालय एक दशक पुग्न लाग्दासमेत त्यसबाट मुक्त हुन सकेको छैन । अझ धेरै संक्रमणको खतरामा छ । विश्वविद्यालयलाई स्वायत्त संस्था भनिए पनि त्यस्तो अवस्था बन्न सकिरहेको छैन । विश्वविद्यालयका उपकुलपतिदेखि तल्लो तहका कर्मचारीसमेत राजनैतिक आस्थाका रूपमा न्यूक्ति गर्ने प्रचलनले गुणस्तरीय सेवा प्रदान गर्न चुकिरहेको छ । विश्वविद्यालयमा शैक्षिक एवम् प्राज्ञिक वातावरणको लागि राजनीतिक प्रतिबद्धताको आवश्यकता पर्छ तर आफ्ना कार्यकर्ता भर्ति गराउनु सार्वजनिक अपराध हो । योग्यताका आधारमा उत्कृष्ट पात्रहरूलाई नियुक्त गर्दा विश्वविद्यालय प्रतिको विश्वसनियता र गुणस्तर दुवैमा प्रगति हासिल गर्न सकिन्छ ।
प्राध्यापक तथा विद्यार्थी युनियन खारेज
नेपालमा निर्दलीय व्यवस्था भएको बेला राजनैतिक क्रियाकलाप गर्न स्थापना गरिएका प्राध्यापक तथा विद्यार्थी संगठनहरू खारेज नगरेसम्म विश्वविध्यालयमा शैक्षणिक वावावरण बन्न सक्दैन । हामीले खल्ने खेल परिवर्तन भइसकेपछि पुरानै संरचना र मान्यताबाट मुक्त हुन जरुरी छ । हामीले विद्यार्थी संगठन अथवा प्राध्यापक संगठन नबनाउने भनेको होइन । क्याम्पसमा माउ पार्टीका नेताहरूको प्रभावमा परेर आगजनी गर्ने, भौतिक सम्पत्ति ध्वस्त पार्ने र अराजक गतिविधि गर्ने विद्यार्थी संगठनको अन्त्य हुन जरुरी छ ।
नेपालको संविधानमा भएका प्रावधानहरूको अभ्यास गर्ने, अर्थ राजनीतिका विषयमा प्रतिपादन भएका विचारहरूलाई उन्नत ठाउँमा पु¥याउने, क्याम्पसमा सुशासनका लागि पहल गर्ने र विश्वविद्यालयमा शैक्षिक वावावरण निर्माणका लागि भूमिका निर्वाह गर्ने खालका गतिविधिहरू सञ्चालन गर्ने खालका विद्यार्थी संगठनको निर्माण आवश्यक छ । आफ्ना पार्टीका कार्यकर्तालाई नियुक्त गर्न तालाबन्दि गर्ने प्रध्यापक संगठनभन्दा पनि संसारका उत्कृष्ट विश्वविद्यालहरूसँग विद्यार्थीहरूको सम्पर्क बढाउने खालका प्रध्यापक संगठन बन्न जरुरी छ । राजनैतिक दलबाट स्वतन्त्र विद्यार्थी तथा प्रध्यापक संगठनको निर्माण गरौं ।
सेवा सुविधा वृद्धि
भुटान सरकारले भर्खरै मात्र शिक्षक तथा डाक्टरहरूको सेवा सुविधा सबैभन्दा उच्च राख्ने निर्णय गरेको छ । यसको कारण विभिन्न अनुसन्धानले शिक्षण तथा चिकित्सा क्षेत्रमा काम गर्ने मानिसहरूले सबैभन्दा बढी तनाव हुन्छ र उनीहरूले तुलनात्मक रूपमा अन्य कर्मचारी भन्दा बढी समय खर्चिएका छन् । हामीले विश्वविद्यालयमा प्रध्यापकहरूको सेवा सुविधा वृद्धि गर्नुपर्छ, कम्तीमा विश्वको औसातस्तरमा पु¥याउन आवश्यक छ । विश्वविद्यालयमा प्रध्यापन गराइरहेको प्रध्यापक अन्य सेवामा प्रवेश गर्ने मनस्थिति बनाएर बसेको छ अथवा प्रद्यापनको अलवा अन्य आर्थिक लाभ हुने क्रियाकलापमा सक्रिय छ । उनीहरूलाई पूर्णरूपमा शैक्षिक क्षेत्रमा ध्यान केन्द्रित गराउन नसकेको खण्डमा विश्वविध्यालयले उन्नति र प्रगति गर्न सक्दैन । त्यस्तै विद्यार्थीहरूको सवालमा पनि शिक्षा निःशुल्क बन्नुपर्छ, उनीहरूलाई होस्टेल लगायत विभिन्न शैक्षिक सामग्रीहरूको उपलब्धता गराउन सकेमा मात्र दक्ष र अब्बल बनाउन सकिन्छ । दूरदराजबाट आएका विद्यार्थीहरूको दैनिकि सामान्य आधारभूत कुरामा मात्र सीमित हुँदा अध्ययन अनुसन्धानमा समय खर्चिन सकिरहेका छैनन । राज्यले प्रध्यापक तथा विद्यार्थीहरूको सेवा सुविधामा कन्जुस्याइ नगर्ने हो भने समृद्ध नेपाल निर्माणका लागि सजिलै दक्ष जनशक्ति तयार हुनेछ ।
नीतिगत सुधार
विश्वविद्यालयमा हुने नियुक्ति प्रक्रिया, आर्थिक क्रियाकलाप तथा शैक्षिक गुणस्तरको मूल्यांकन तथा अनुगमनका लागी संसदप्रति उत्तरदायी स्वायत्त संस्थाको निर्माण गर्नुपर्छ । सरकारले विश्वविद्यालयमा गतिबिधिहरूमा हस्तक्षेप गर्नु हुँदैन । उपकुलपति र रजिस्टारको नियुक्ति राजनैतिक रूपमा भन्दा पनि उच्चस्तरीय विश्वविद्यालय आयोग बनाएर गर्न सक्नुपर्छ । उच्चस्तरीय आयोग कुनै पनि सरकार वा राजनैतिक दल प्रति भन्दा पनि जननिर्वाचित संस्था संसदप्रति उत्तरदायी हुने खालको निर्माण गरौं ।
नेपाल र नेपाली जनतको भाग्य र भविष्यसँग जोडिएको मप विश्वविद्यालयलाई संसारकै उत्कृष्ट र गुणस्तरीय बनाउन सबै जुटौं, विश्वविद्यालय स्थापनाका लागि अतुलनीय योगदान गर्ने आदरणीय जनसमुदाय, सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाप्रति हार्दिक आभार र सम्मान कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने दिशामा जावस, ह्याप्पी बर्थ डे टु यू मप विश्वविद्यालय ।

प्रकाशित मितिः   ३ असार २०७६, मंगलवार १५:००