वेष्टइण्डिजले जित्यो टी-२० विश्वकपको उपाधि
काठमाडौं, २१ चैत, । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै वेष्टइण्डिजको महिला टिमले टी-२० विश्वकपको उपाधि जितेको छ । वेष्टइण्डिजको महिला टिमले विश्वकप जितेको यो पहिलो पटक हो ।
कोलकत्ताको इडन गार्डेनमा भएको फाइनल भिडन्तमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेट थुमाएर १४८ रन बनाएको थियो । उसका लागि कप्तान मेग लेनिङ्गले ५२ रन बनाए भने इलियस भिलानीले पनि ५२ रनकै पारी खेलिन् ।
जवाफमा वेष्टइण्डिजले ३ बल बाँकी छँदा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हायले म्याथुज र कप्तान स्टेफनी टेलरले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरिन् ।
म्याथुजले ६६ र टेलरले ५९ रनको योगदान दिइन् ।
साझा बिसौनी संवाददाता ।