नुहाउन गएका कृष्ण फर्केनन्

जुम्ला, २१ चैत ।
 जुम्लामा प्रवेशिका (एसएलसी) को परीक्षा दिईरहेका एक युवकको नदीमा डुबेर ज्यान गएको छ । परीक्षाको तेस्रो दिन आइतवार अनिवार्य गणित विषयको परीक्षा दिएर नुहाउन गएका उनको नदीमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार नदीमा बेपत्ता भएका ति युवक मृत फेला परेका छन् ।
जिल्लाको सीता माध्यामिक विद्यालय रारालिहीं केन्द्रमा परीक्षा दिइरहेका १९ वर्षिय कृष्णबहादुर रावतको नदीमा डुबेर ज्यान गएको हो । आइतवार गणित विषयको परीक्षा दिएर नजिकै रहेको तिला नदीमा नुहाउन गएका कृष्ण नदीमा बेपत्ता भएका थिए । प्रहरी चौकी रारालिहींबाट गएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाको देउराली उच्च मावि जुम्लाकोटबाट उनी एसएलसी परीक्षामा सहभागि भएका थिए । जिल्लाको घोडेमहादेव गाविस वडा नं. रिपी घर भएको रावत परीक्षा सकिए लगत्तै नदीमा नुहाउन गएका थिए । नुहाउन भन्दै नदीमा गएका उनी बेपत्ता भएका थिए । जुम्लाका डीएसपी विष्णुहरी कोइरालाले रावत नुहाउने क्रममा नदीमा डुबेको जानकारी दिए । 
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार १३:१८