२० रुपैयाँ दिन्छु भन्दै बालिकालाइ बलात्कार !

सुर्खेत, २१ चैत । आफ्नो पसलमा आएकी बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतमा एकजना पक्राउ परेका छन् ।

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगरबाट एकजनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर–६ निवासी ४६ वर्षीय प्रेमबहादुर दमाईलाई बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीले शनिवार पक्राउ गरेको हो ।

शनिवार पक्राउ परेका उनलाई आइतवार सार्वजनिक गरिएको हो । आफ्नो पसलमा सामान किन्न आएकी बालिकालाई जबर्जस्तीकरणी गरेको उजूरीका आधारमा दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रहरीका अनुसार शनिवार पसलमा आएकी ती बालिकालाई २० रुपैयाँ दिन्छु भन्दै प्रेमबहादुरले आफ्नो कोठामा लिएर जबर्जस्तीकरणी गरेका थिए ।

बालिकालाई फकाएर बलात्कार गरेको उजुरीपछि आफूहरुले प्रेमबहादुरलाई पक्राउ गरेको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लले बताए ।

पक्राउ परेका प्रेमबहादुरलाई आइतवार जिल्ला अदालतबाटसमेत तीन दिनका लागि म्याद थप गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाले उनीवरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार १४:५२