आरसी–३२ को विजयी सुरुवात

सुर्खेत, २७ जेठ । (साबिस)
जिल्ला लिग फुटबल प्रतियोगितामा आरसी–३२ ले विजयी सुरुवात गरेको छ । सोमवारदेखि वीरेन्द्रनगरमा सुरु भएको लिगको पहिलो खेलमा जीअल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आरसीले विजयी सुरुवात गरेको हो ।
प्रतियोगितामा आरसीको तर्फबाट सीजन चन्दले १३ औं मिनेटमा पहिलो, ५३ मिनेटमा दोस्रो र ६९ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए । यस्तै, जीअलको तर्फबाट ५५ औं मिनेटमा प्रकाश थापा र ५६ औं मिनेटमा गणेश पुनमगरले गोल गरेका थिए ।
प्रतियोगितामा जिल्लाका १९ वटा क्लब सहभागी छन् । जसलाई चार वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिता अन्तर्गत आज (मंगलबार) न्यू जेनेरेशन र सूर्यशक्ति युवा क्लबबीच पहिलो खेल हुनेछ भने बुद्धपथ र ब्वाइज युनियनबीच दोस्रो खेल हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७६, मंगलवार १८:०३