आज सार्वजनिक बिदा

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ जेठ ।
सरकारले मुस्लिम धर्मावलम्बीहरूको महŒवपूर्ण पर्व इद उल फितर फित्रको अवसरमा आज (बुधवार) सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार मुस्लिम आयोगको सिफारिसमा आज बिदा दिने निर्णय गरेको हो ।
यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ । यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ । चन्द्रमा देखिने आधारमा बिदा हुँदै आएको छ । अरबी पात्रो अनुसार दशौं महिनाको पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलावडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछ । खुशीपूर्वक शरीरको दान गरेर दिन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि अर्को दिन इद उल फितर मनाउन लागिएको बताइन्छ ।
यो मुस्लिम धर्मावलम्बीले विशेष पर्व हो । इद उल फितरमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दिन दुःखी र गरीबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७६, बुधबार १३:१३