नीति तथा कार्यक्रम आज

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ जेठ ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज (बुधवार) प्रदेश सभामा पेश हुँदैछ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश प्रमुख दुर्गा केशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछन् ।
नेपालको संविधानको धारा १८४ र कर्णाली प्रदेश सभा नियमावली–२०७४ को नियम ३५ अनुसार प्रदेश प्रमुखवाट प्रदेश सभालाई गरिने सम्बोधनमार्फत् प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ । आज दिउँसो तीन बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख खनालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
यही नीतिकै आधारमा सरकारले आर्थिक वर्ष २०७६÷०७ को बजेट तयार गर्नेछ । प्रदेशसभामा यसअघि नै प्रि–बजेट छलफल भइसकेको छ । नीति तथा कार्यक्रममार्फत् सरकारका आगामी योजना र उसले लिने नीति सार्वजनिक हुनेछ । विनियोजन विधेयकमार्फत् प्रदेश सरकारले आउँदो वर्ष पनि पूर्वाधार विकासलाई नै प्राथमिकता दिने संकेत गरिसकेको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७६, बुधबार १३:१३