गणतन्त्र दिवसमा कविता प्रतियोगिता

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ जेठ ।
गणतन्त्र दिवसको अवसर पारेर माध्यमिक तहस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय र शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगरको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय इत्राममा अध्ययरत छात्र दानबहादुर बोगटी प्रथम भए । यस्तै भैरव माध्यमिक विद्यालय भैरवस्थानका नन्दा रेग्मी द्वितीय र जन माध्यमिक विद्यालय वीरेन्द्रनगरका टिका पौडेलले तृतीय स्थान हासिल गरेका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ललितविक्रम सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको मूल्यांकन समितिको संयोजकमा यामलला घिमिरे रहेका थिए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७६, बुधबार १५:५४