महिनावारी सररफाइ सम्बन्धी भित्तेलेखन

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ जेठ ।
विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा विद्यालयमा महिनावारी सरसफाइ सम्बन्धी कार्यक्रम गरिएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आयोजनामा अमरज्योति माध्यमिक विद्यालय नेवारे चनौटेमा महिनावारी सरसफाइ तथा व्यवस्थापना सम्बन्धी भित्तेलेखन कार्यक्रम आयोजना गरिएको हो ।
मर्यादित महिनावारीका लागि काम गरौं भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको केड नेपालकी कार्यक्रम संयोजक लक्ष्मी चन्दले बताइन् । कार्यक्रममा बोल्दै अमरज्योति माध्यमिक विद्यालयका प्राध्यापक खगेन्द्र थापाले कार्यक्रमले महिनावारी सम्बन्धी जानकारी र विद्यार्थीका प्रतिभासमेत ऊजागर भएको बताए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७६, बुधबार १५:५३