प्रमुख जिल्ला अधिकारीलाई चिठ्ठी

Bhim_Bhandari_Kharo
भीम भण्डारी (खरो)

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, सुर्खेत
विषय ः धितो स्वीकार गर्न आदेश गरी पाउँ ।
महोदय,
प्रस्तुत विषयका सम्बन्धमा सुर्खेत जिल्लामा पछिल्लो समयमा पुराना र नयाँ बैंकहरू र शाखाको संख्या झण्डै एक दर्जन बढी रहेको व्यहोरा अनुरोध छ । यी बंैकहरूले उपत्यका भित्र र पिच सडकमा जोडिएका घर जग्गाको मात्र धितो जमानत स्वीकार गर्ने र ग्रामीण क्षेत्रको अचल सम्पत्ति धितो पनि स्वीकार नगर्ने गरी बहुमत जनतामा ऋण लगानी एवम् ऋण प्रवाह नगर्नाले ग्रामीण क्षेत्रका लगानी विना जुन बंैकमा गए पनि गाविसको दर्ता जग्गालाई न्यूनतम थैली अङ्क मूल्य निर्धारण समितिले निर्धारण गरेको मूल्यमा पनि नाफाखोरी (व्यापारी) बंैकहरूले समेत स्वीकार नगरी ग्रामीण क्षेत्रका किसान समेत मर्कामा परेका छौं । जिल्लास्थित न्यूनतम मूल्याङ्कन निर्धारण समितिसमेतको निर्णयलाई नमान्ने सरकारी एवम् विकासी बंैकहरूलाई जनताको कानुन बमोजिमको अचल सम्पत्तिलाई धितो स्वीकार गर्न र गाविसमा समेत ऋण लगानी गर्न ताकेतासहितको आदेश जारी गरी गराइ पाउँ । धितो जमानतमा सम्मानित जिल्ला तथा पुनरावेदन अदालतले स्वीकार गर्ने तर यी व्यापारी बैंकले गाविसको दर्ता जग्गा स्वीकार किन नगर्ने ? कानुन बमोजिम धितो स्वीकार गर्न ताकितासहित निर्देशन गरी गराइ पाउँ ।
बोधार्थ ः
श्रीमान् क्षेत्रीय प्रशासक ज्यू
क्षेत्रीय प्रशासन कार्यालय, मध्यपश्चिम सुर्खेत ।
गाविसका जनताले कानुन बमोजिमको अचल सम्पत्ति धितो धरौटी राखेर जनताले ऋण किन नपाउने र बैंकहरूले ऋण किन लगानी नगर्ने भन्ने विषयमा बुझी ताकितासहितको निर्देशन सुर्खेतस्थित सबै बंैकहरूका नाउँमा जारी गरी पाउँ
ग्रामीण जनताका तर्फबाट
भीम भण्डारी (खरो)
हरिहरपुर–७, सुर्खेत
(खरो)

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:३१