रविन्द्रको कप्तानीमा कर्णाली

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ जेठ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रविन्द्रजंग शाहीको कप्तानीमा कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने भएको छ । आज(शुक्रवार)देखि काठमाडौंमा सुरु हुने प्रतियोगिताका लागि शाहीको कप्तानीमा १४ सदस्यीय टिम छनौट गरिएको हो ।


टिममा टेक सलामी मगर, प्रकाश जैशी, दिवान पुन, दिनेश अधिकारि र ललित प्याकुरेल छनौट भएका छन् । यस्तै निश्चल रावल, युनिश बिक्रम सिंह, सुशान्त थापा, सौगात कार्की, विजय बिष्ट, सुधन पोख्रेल, दिनेश पुन र महेश खत्री रहेका छन् ।
कर्णाली प्रदेशले प्रधानमन्त्री कप अन्तर्गतको आफ्नो पहिलो खेलमा जेष्ठ १२ गते त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । सात प्रदेश र तीन विभागीय क्लबसहित दस टिमको सहभागिता रहने प्रतियोगितामा कर्णाली प्रदेश समूह ‘बी’मा रहेको छ । उक्त समूहमा कर्णाली सँगै त्रिभुवन आर्मी क्लब, प्रदेश नं. १, प्रदेश नं. २ र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रकाशित मितिः   १० जेष्ठ २०७६, शुक्रबार १५:००