बजेट अधिवेशन आजदेखि
साझा बिसौनी संवाददाता
सुर्खेत, ९ जेठ ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आज (शुक्रवार) देखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट ल्याउने गरी बजेट अधिवेशन सुरु हुन लागेको हो ।
कर्णाली प्रदेश सभा सचिवालयका अनुसार अधिवेशन आज दिउँसो तीन बजेदेखि सुरु हुने भएको छ । अधिवेशनको पहिलो दिन भएकाले सबै दलहरूको प्रतिनिधित्व हुने गरी मन्तव्य राखिने सभामुख राजबहादुर शाहीले बताए । अधिवेशन कर्णाली सरकारले तेस्रो पटक ल्याउन लागेको बजेटमा केन्द्रित हुनेछ ।
अधिवेशन अवधिभर सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुनेछ । संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्नेछ । जसका लागि जेठ १५ गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरिसक्नुपर्नेछ । सरकारले नीति तथा कार्यक्रम निर्माणलाई तीव्रता दिएको छ ।
साझा बिसौनी ।