विप्लवका दुई नेता पक्राउ

सुर्खेत, ७ जेठ । (साबिस)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भेरी कर्णाली इञ्चार्ज र सुर्खेत जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । भेरी–कर्णाली इन्चार्ज एवम् केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यमराज’ लाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त टोलीले दुवै जनालाई भेरीगंगा नगरपालिका वडा नं. ५ भर्लेनीबाट पक्राउ गरिएको हो । उनीहरूबाट पार्टीका महŒवपूर्ण कागज पत्रहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले बताए ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७६, बुधबार १६:५८