चुनौतीपूर्ण काममा नेतृत्व गर्थें
यमुना नेपाली वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर–१२ वडापालिका सदस्यमा पूर्व एमालेबाट निर्वाचन भएकी हुन् । वि.सं. २०४१ चैत १२ गते बुबा बेलबहादुर प्रदिप्त, आमा जगतकुमारी प्रदिप्तको सन्तानका रूपमा लेकवेशी नगरपालिका–१ लेखफर्सामा जन्मिएकी हुन्, उनी । उनले सामाजिक कार्यमा आवद्ध भएर महिला सशक्तीकरण महŒवपूर्ण योगदान गरेकी छन् । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) को पूर्व अध्यक्षसमेत भएकी उनीसँग हाम्रा सहकर्मी मुना हमालसँग बाल्यकाल यसरी साटेकी छिन् ।
मेरो जन्म सुर्खेतको लेकवेशी नगरपालिका–१ लेकफर्सामा भयो । साँझ–बिहान घरको काम गर्ने, दिउँसको समयमा पढ्न जान्थे । बाल्यकाल रमाइलो गरी बित्यो । घर नजिकै विद्यालय थियो, बुबा आफै शिक्षक हुुनुहुन्थ्यो । उतिबेला छोरीको शिक्षामा लगानी त्यति गरिदैन्थ्यो । हाम्रो परिवारमा शिक्षक भएकाले छोरीले पढ्न पायौं । शिक्षित परिवार भएकाले हामीले सानै उमेरबाट विद्यालय जाने अवसर मिल्यो । कक्षा एकदेखि १० सम्म आर्दश माध्यमिक विद्यालय लेकवेशीमै पढें । हामी चार बहिनी थियौं । एक जना दाई हुनुुहुन्थ्यो । हामीले सबैले आर्दश माविमा नै पढ्यौं । त्यही विद्यालयमा बुबाले पढाउनुहुन्थ्यो । हामीलाई शिक्षकको छोराछोरी भनेर पनि सबैले माया गर्नुहुन्थ्यो । विद्यालय, गाउँमा सबैको माया पाउने गर्थियौं । बुबा शिक्षक भएकाले पनि विद्यालय र घरमा रमाइलो हुन्थ्यो । साथी, शिक्षकहरुले माया गर्नुहुन्थ्यो ।
म सानैदेखि स्वतन्त्र हुन मन पराउँथे । मन नपरेको केही छ, भने बोलिहाल्ने । अन्याय, अत्याचार सहन पटक्कै नसक्ने । कुनै पनि विषयलाई गम्भीर भएर सोच्ने, चञ्चल स्वभावको म मा थियो । सबैसँग खुलेर बोल्थे । आफूलाई घुम्न मन लागेको ठाउँमा घुम्ने । तर, बुबाले बाहिर जान दिनुहुन्थेन् । बुबा–आमाले केही भन्नुभयो भने मलाई मन नपरे केही नमानेर बोलिहाल्ने गर्थे । त्यसैले बुबा–आमाले यसले केही भनेको मान्दिन्, पछि दुःख पाउँछे भनेर चिन्ता गर्नुहुन्थ्यो । मलाई बाहिरी वातावरणमा स्वतन्त्र रहन मन हुन्थ्यो । गाउँमा हुने प्रायः सबै कार्यक्रमहरुमा सहभागी हुन्थे ।
म कक्षा सात÷आठमा पढ्ने बेलामा जिल्लाबाट यामलाल कँडेल लगायतका नेताहरु कहिले काहीं आमसभाहरुमा जान्थे । उनीहरुको भाषण सुन्न म भागेर दशरथपुरसम्म आउँथे । पछि म कक्षा ९ मा पढ्दादेखि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) मा आवद्ध भए । रेडियोहरु धेरै सुन्थ्यिो, त्यस समयमा । अहिलेको जस्तो हातहातमा फोनको सुविधा थिएन् । रेडियो भने प्रायःको घरमा हुन्थ्यो । रेडियोमा बोलेको, कार्यक्रम चलाएको सुन्नका लागि बुबाको रेडियो चोरेर सुन्थे । बुबाले गाली गर्नुहुन्थ्यो । रेडियो नेपालको घटना र विचार कार्यक्रम धेरै सुन्थ्यिो । रेडियो बोलेको सुनेर मै आफू बोल्न सिक्थे ।
जुन चूनौतीपूर्ण काम छ, त्यही काम गर्न अघि सर्थें । नेतृत्व गर्थे । साथीहरुसँग खेल खेल्दा पनि केटीसाथीहरु सजिला खेलहरु खेलौं भन्थे । म भलिबल, फुटबल, हाइजम, लङजम खेल खेल्न केटा साथीहरुसँगै जान्थे । कहिले काहीं टाढा भए पनि खेल हेर्न पुग्थे । खेल नसकिएसम्म हेरिरहन्थे ।
मलाई सानोमा गाजल लगाउन मन पर्थियौं तर, बुबाले लगाउन दिनुहुँदैन्थ्यो । लगाएको देख्नुभयो भने गाली गर्नुहुन्थ्यो । साथीहरुसँग रमाइलो गर्नसमेत जान नपाइने । साथीहरु कहाँ जम्मा हुन्छन्, मलाई खबर आइहाल्थ्यो । गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा पुगिहाल्थ्यौं । गाउँमा मेला लागिरहन्थे, चाडपर्वको समयमा रमाइलो हुन्थ्यो । तीज, तिहारका समयमा रमाइलो हुन्थ्यो । बुबा–आमाले प्रायः गाइगोठाला जान दिनुहुन्थेन् तर, म भागेर गइहाल्थे । एक पटक भागेर दाउरा काट्न गएको बेलामा हात काटेको सम्झना छ । हाम्रो घरबाट भेरी नदी नजिकै पर्थियों । पौडी खेल्छन्, भनेर घरबाट जान दिनुहुन्थ्यो । एक दिन म भागेरै भेरी गए । पौडी खेल्ने क्रममा केही तलसम्म बगे ।
धन्नै मरेको थिएँ । त्यस दिनदेखि पौडी खेल्न जानै छोडे, घरमा खाना खाने समयमा सबै भाइबहिनी आमाको नजिकै बसेर खान छिटो पस्किनु भनेर भन्थ्यौं । कहिले काहीं आमाले मलाई केही नभनी खान दिनुहुन्छ ? की नाइ भनेर चुप लागेर विचार गरी
बस्थे । अरुले खाना पस्किदा मलाई खान दिन आमाले भुल्नुहुन्थ्यो । अहिले सम्झदा रमाइलो लाग्छ ।
मेरो पढाइ राम्रै थियो । सानो–सानो कक्षामा प्रथम पनि भए । ठूलो कक्षा पढ्दै गएपछि देशमा द्वन्द्व चर्किदै गएको थियो । तर पनि पढाइ राम्रै थियो । हाम्रो बुबा गाउँमा कसैको झै–झगडा भयो भने बुबाले मेलमिलाप गराउने, कसैलाई समस्या प¥यो भने सघाउने गर्नुहुन्थ्यो । गाउँमा प्रायः आर्मीका गस्ती भइरहन्थे । पूर्व माओवादीका पनि आइरहन्थे । बुबालाई सबैलाई चिन्ने भएको कारण र सुरक्षित हुने भएका कारण हाम्रो घरमा आउँथे । त्यसैले रातको समयमा कहिले माओवादीकालाई खाना पकाएर खुवाउनुपथ्र्यौं भने कहिले आर्मीलाई । पढ्न समय हुुन्थेन । कहिले काहीं उनीहरुको चिठ्ठीसमेत पु¥याउन जानुपर्ने हुन्थ्यो ।
बाल्यकालमा शिक्षक नै बन्छु भन्ने थियो । बुबा शिक्षक भएकाले पनि त्यतातिर रुचि गएको थियो । बुबालाई सबैले नमस्कार गर्थे । त्यसैले म पनि शिक्षक बन्छु सबैले नमस्कार गर्छन् भन्थे । शिक्षक भनेर मात्र विवाह गर्छु भन्थे । २०५७ सालमा एसएलसी दिएँ । तर सोचेको जस्तो भएन् । मेरो बुबाले त्यसबेलामा प्लस टू पढ्नुहुन्थ्यो । एसएलसीको रिजल्ट गोरखापत्रमा प्रकाशन
हुन्थ्यो । मेरो र बुबाको नाम देखेन् । घरमा आए बुबालाई मेरो र हजुरको नाम गोरखापत्रले हाल्न किन भुलेछ बुबा भनेर सोधे ।
बुबाले अहिले भुलेपनि अर्को वर्ष हालिदिन्छ छोरी भन्नुहुन्थ्यो । एउटा विषय लागेको थियो । त्यही बर्ष दिएर एसएलसी पास भए । त्यसै वर्ष मेरो विवाह पनि भयोे । विवाह गर्ने समयमा १७ वर्षको थिए । मागेर नै विवाह भयो । विवाह गर्ने चाहाना नहुँदा पनि परिस्थिति नै त्यस्तै भयो । विवाह भएपछि केही समयसम्म पढाइ रोकियो । पछि फेरि पढ्नुपर्छ भनेर प्लस टू पढ्न थाले । साथै स्थानीय बोर्डिङ्ग स्कुलमा पढाउन पनि सुरु गरे । पछि शिक्षण पेसा छोडेर सामाजिक कार्यमा आवद्ध भए । अहिले हामी जस्तो महिला राजनीतिमा आएर देश निर्माणमा लाग्नुपर्छ भन्ने सोचले राजनीतिमा आएको हुँ ।
साझा बिसौनी ।