एपीएफको दोस्रो र मध्यपश्चिमको पहिलो जीत

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) अन्तर्गत चौथो दिनको खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बलले जीत हासिल गरेका छन् ।


दिनको पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत जीत हासिल गर्ने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ्ग गरेको लालीगुराँसले २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । एक सय १२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६.१ ओभरमा पूरा ग¥यो ।
मध्यपश्चिमको जीतमा आकाश विष्ट र अजय साहनीले तीन÷तीन विकेट लिए । यस्तै ब्याटिङ्गमा शैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए । यसअघि लालीगुराँसको लागि ब्याटिङ्गमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुष थापाले १८ रन बनाएका थिए । खेलको प्लेयर अफ द म्याच तीन विकेट लिएका आकाश विष्ट भए । मध्यपश्चिमको यो पहिलो जीत हो । लालीगुराँसले भने तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । समूहको शीर्ष स्थानमा रहेको कर्णाली–११ ले दुई खेल खेल्दा २ वटैमा जीत हासिल गरेको छ भने त्रिभुवन आर्मीले एक खेलमा जीत हासिल गरेको छ ।
यस्तै आइतवार नै भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बल एपीएफले न्यू होराइजन बुटवललाई ३८ रनले पराजित गरेको छ । एपीएफको यो दोस्रो जीत हो भने न्यू होराइजनले दुई खेलमा एक जीत र एक हार बेहोरेको छ ।
एपीएफले टस जितेर पहिले ब्याटिङ्ग गर्दै दिएको एक सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन मात्रै बनाउन सक्यो । न्यू होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा लक्ष्यसम्म पुग्न असफल रह्यो । दराईले ३७ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
एपीएफको लागि बलिङ्गमा यज्ञमान कुमालले सर्वाधिक तीन विकेट तथा भुवन कार्की र शरद भेषवाकरले दुई÷दुई विकेट लिए । एपीएफले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रनको योगफल तयार गरेको थियो । उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेषवाकरले ४१ रन बनाए । शंकरले आक्रामक इनिङ्ग खेल्ने क्रममा २८ बलमा चार छक्का र एक चौका प्रहार गरे भने शरदले ४१ बलमा चार चौका र एक छक्का प्रहार गरे । अनिल साहले २६ रन बनाए । माथिल्लो क्रमका ब्याट्सम्यानहरूले रन बनाए पनि एपीएफको
तल्लो क्रमले रन बनाउन नसक्दा २० ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रन बनाउन सक्यो । न्यू होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान तीन÷तीन विकेट लिए । राहुलले तीन विकेट लिने क्रममा १९ औं ओभरमा ह्याट्रिक विकेट लिएका थिए । त्यसक्रममा उनले अमर सिंह रौटेला, सन्दिप जोरा र सुमित महर्जनलाई ओभरको चौथो, पाँचौं र छैठौं बलमा आउट गरेका थिए । कर्णाली प्रिमियर लिगको दुई संस्करणमा यो पहिलो ह्याट्रिक हो ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:४५