राप्रपाका दुवै अध्यक्ष सुर्खेत आउँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आउँदो चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर आउने भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा हुने पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा सहभागि हुन अध्यक्षद्वय जबरा र लोहोनी लगायतका केन्द्रीय नेताहरू सुर्खेत आउन लागेको पार्टीका संगठन विभाग सदस्य कविराम पुरीले जानकारी दिए ।
राप्रपा (संयुक्त) देशव्यापी पार्टी एकीकरणको अभियानमा लागिरहेको छ । जसअन्तर्गत पार्टी अध्यक्षद्वय नै संगठन विस्तारका लागि देश दौडाहामा हिँडिरहेको बताइएको छ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७५, मंगलवार १४:३३