भोट माग्दै कानुन व्यवसायी

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
आगामी चैत १६ गते हुने नेपाल बार एशोसियशनको निर्वाचनमा लोकतान्त्रिक समूहका कानुन व्यवसायीहरू भोट माग्दै सोमवार सुर्खेत आएका छन् । एक कार्यक्रमको आयोजना गरी उनीहरूले आफूहरूको पक्षमा मत मागेका छन् ।
लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार सुनिल पोख्रेलसहितले मत मागेका छन् । मेची महाकाली अभियान अन्तर्गत सुर्खेत आएको जनाउँदै पोख्रेलले लोकतान्त्रिक प्यानललाई मत दिन आग्रह गरे । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले न्याय पालिकामा मौंलाउँदै गएको अनियमिततालाई नियन्त्रण गरी चुस्तदुरुस्त गर्ने नेतृत्वको खाँचो रहेको बताए ।
पुनरावेदन वारका कार्यवाहक अध्यक्ष दीपबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू प्रमाप्रसाद थानी, भोलासिंह हमाल, कृष्णबहादुर हमाललगायतका कानुन व्यवसायीहरूको सहभागिता थियो । सो समूहबाट सुर्खेतका अधिवक्ता उत्तम आचार्य कर्णाली प्रदेश उपाध्यक्ष पदमा उम्मेदवार छन् ।