सुर्खेती रंगमञ्चको इतिहास

डा.दिपक गौतम
सुर्खेती चर्चित रंगकर्मीहरूको संस्था आरंग नेपाल तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सुर्खेतमा रंगकर्मको महाकुम्भ चलिरहेको छ । विहीवार उद्घाटन भएको रारा राष्टिय नाटक महोत्सव एक साता सञ्चालने हुनेछ । जसमा देशभरबाट छनौट भएका १२ वटासहित आयोजक आरंग नेपालको नाटक मञ्चन हुँदैछन् ।

यसै सन्दर्भमा सुर्खेतको नाटक मञ्चन, लेखन तथा समीश्रणका कोणबाट सुर्खेती योगदानलाई उल्लेख गर्नु आवश्यकता देखिएको छ । वि.सं. १९७३ मा साविकको गोठीकाँडामा दैलेख प्रशासित हुने गरी नापी, मालपोत र आयुर्वेद अस्पताल बसेपछि सुर्खेती समाजले नयाँ स्वरूप बदल्ने प्रदेश विन्दु पायो । यहाँ आउने कर्मचारी, परिवार तथा व्यवहारसँग खासगरी गोठीकाँडाका बासिन्दाहरू नजिक रहने, पढ्ने, लेख्ने, सम्पर्क बढाउने औषधि गर्ने, कामहरूमा नयाँ दिशा आयो । यसको ठीक १० वर्षपछि वि.सं. १९८३ सालमा प्रेमदेव गिरीका अनुसार गोठीकाँडाको टुडिखेलमा राजा हरिशचन्द्रको नाटक पहिलो पटक मञ्चन भएको थियो । त्यसअघि महŒवपूर्ण हिन्दु ग्रन्थका ख्याति प्राप्त अंशहरू उद्दरण गर्ने परम्पराको अन्त्य गरी नाटक मञ्चन गर्ने परम्परा बस्यो । दशैंको उपलक्ष्यमा मञ्चित नाटकमा मोहनलाल श्रेष्ठ, नीलबहादुर श्रेष्ड कालिदास महर्जन, शेरबहादुर बस्नेत, रामबहादुर श्रेष्ठ प्रमुख पात्रका रूपमा खेलेका थिए भने मोहनलाल श्रेष्ठले नाटक अनुवाद र निर्देशन गरेका थिए । यहीदेखि सुर्खेती नाटक मञ्चन परम्पराको सुरुवात भएको मानिन्छ । जसमा मानसिंह विष्टद्वारा पहिलो पटक जोकरको भूमिका तथा हिरालाल पन्तद्वारा खेलिएको थियो । त्यसकारण यही घटना सुर्खेती नाटक मञ्चन, प्रदर्शन र नृत्यको प्रदेशविन्दु भनिएको छ ।
अग्रज प्रेमदेव गिरीका अनुसार वि.सं. २०१० सालसम्म केही भएको देखिएन भने २०११ सालमा आएर स्व. हिम्मतबहादुर गौतमको मेलपानीको घर आगनमा भद्रबहादुर थापाको निर्देशनमा हरिहर कार्की, डिल्लुनाथ योगी, बलबहादुर केसी, खगेन्द्र गौतम पात्रत्वमा दैलेखी कलाकारसहित धु्रव नाटकको मञ्चन भयो । यो मञ्चन गोठीकाँडाको भन्दा परिस्कृत थियो । यसैगरी २०१२ सालमा मोती मल्लको निर्देशनमा कटकुवामा महाभारतको नाटक मञ्चन भएर उक्त परम्परालाई अगाडि बढाइयो ।
वि.सं. २०१३ सालमा हरिभक्त गिरीको निर्देशनमा बयलकाँडामा ‘काशीवास’ नाटक मञ्चन हुन पुग्यो भने स्व. गिरीकै भाइ टिकाभक्त गिरी तथा सुपुत्र महेन्द्र गिरीको सुर्खेत नाटक लेखन, मञ्चन, निर्देशनमा महŒवपूर्ण योगदान रह्यो । महेन्द्र गिरीको वि.सं. २०२८ सालदेखि अहिलेसम्म पनि नाटक लेखन भए पनि प्रकाशन छैन । वि.सं. २०३० को दशकको गिरीको ‘तातो रगतको प्रतिक्षा’ सुर्खेती चर्चित दिशाबोध गर्ने नाटक हो । यस्ता थुप्रै नाटकहरू पञ्चायती व्यवस्थाका कारण गर्नमा भएका छन् ।
सुर्खेतमा पहिलो पटक एकैपटक खुलेका तत्कालीन मिडिलहाइस्कुल गोठीकाँडा तथा मेहेली, खलाकाटे र तेलपानीका ने.रा. प्राथमिक विद्यालयको स्थापना सञ्चालन तथा अतिरिक्त क्रियाकलापले सुर्खेती नाटक परम्परालाई विकसित गरायो । २०१३ सालदेखिको लीलाधर गौतम, श्यामप्रसाद शर्मा, घनश्याम कोइराला, मदन भट्ट, रविलाल सुवेदी, देवेन्द्र बिसी, समदर्शी जस्ता सुर्खेती कलाकारहरू, निर्देशक, लेखकहरूले स्पष्ट दिशाबोध गरे । २०१३ सालदेखि २०२६ सालसम्मका बसन्त थापाको ब्याजसम्मका झण्डै सय भन्दा बढी सुर्खेतीले सुर्खेतमा मात्र हैन छिमेकी जिल्लाहरूमा गएर नाटकीय मञ्चनको वातावरण निर्माणमा उल्लेख्य योगदान पु¥याएका छन् ।
यसरी नै २०१४ सालमा बालकृष्ण मानन्धर तथा लभमान श्रेष्ठको निर्देशनमा गोठीकाँडामा सकुन्तला, हरिशचन्द, अटलबहादुर जस्ता नाटक प्रदर्शन भएको थिए भने एकै वर्षमा दुई–दुई नाटक प्रदर्शनका प्रमाणमा यो एतिहारिक साल बन्न पुगेको छ । हरिभक्त गिरीको निर्देशनमा २०१५ सालमा बयलकाँडामा राजा हरिशचन्द नाटकको मञ्चन हुन पुगको छ भने स्वर्गीय चेतानन्द स्वामीको निर्देशनमा पहिलो पटक सुर्खेत उपत्यकाबाहिर बजेडीचौरमा ‘प्रतिव्रता लक्ष्मी’को मञ्चन भएको छ । सोही वर्ष गोठीकाँडामा अभिमन्युको मञ्चन भएर विभिन्न ठाउँमा हुने क्रम बढेको पाइन्छ ।
नाटक मञ्चनको इतिहासमा वि.सं. २०१६ साल एक अविस्मरणीय किन बनेको छ भने यसै सालमा बयलकाँडामा हरिझक्त गिरीको निर्देशनमा भक्तसुदामा, गोठीकाँडामा त्यागपत्र र अभिमन्यु, गोठीकाँडामै लिलाधर गौतमको निर्देशनमा सावित्री नाटक मञ्चन भएको छ र कटकुवा र गोठीकाँडाको प्रतिस्पर्धा देखिएको छ भने अहिले आएर गणेशभक्त गौतम, याम नारायण आचार्य, हरि आचार्य, उमालाल आचार्य, प्रकाश पौडेलहरू कटकुवाकै प्रतिनिधित्व गर्दै छन् । दिनेश गौतम, प्रेमदेव गिरी, लिलाधर गौतम, भीमा गौतम, रमेश गौतम, नरेन्द्र कोइराला, किरण पन्तहरूले गोठीकाँडाको प्रतिनिधित्व गर्दैछन् । यसै श्रृंखलामा लिलाधरको निर्देशनमा मल्लकाँडामा झाँसीकी रानी, मदन खड्काको निर्देशनमा जर्वुटामा २०१९ सालमा धु्रव नाटक, २०२१ सालमा लिलाधर गौतमको निर्देशनमा फर्सामा राजा हरिशचन्द, २०२१ सालमा गोठीकाँडामा कर्णबहादुर श्रेष्ठद्वारा निर्देशित राम वनबास नाटक मञ्चन भए । उनका सुपुत्र धु्रव श्रेष्ठले पिताजीको लयलाई केही समयसम्म धानेका छन् भने बालकृष्ण मानन्धर विना सुर्खेती नाटक मञ्चनको पहिलो छिमल अपूरो हुन्छ ।
वि.सं. २०२२ सालमै गोठीकाँडामा केही किन वर्वाद हुन्छ नाटक, २०२४ सालमा रविलाल सुवेदीको निर्देशनमा रामको समागमन नाटक र सोही साल बाबुराम गौतमद्वारा निर्देशित मुनामदन गीति नाटक पहिलो पटक काठमाडौंमा मञ्चित नहँदै गुमीको पण्डितकान्लामा भएको छ । २०२५ सालमा हिलेखालीमा राजा हरिशचन्द मञ्चित भयो । स्मरणीय छ रविलाल सुवेदी सुपत्रहरू सबैले पछिल्लो समयमा नाटक मञ्चन गरेका छन् भने देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिका प्रमुख बन्न गएका छन् ।
वि.सं. २०२६ सालमा आएर सुर्खेती कलाकारहरू काठमाडौंमा गइ नाटक प्रदर्शन गर्न पहिलो पटक सफल मात्र भएका छैनन् यहीबाट भीमबहादुर कार्की, निल कार्की, टेकराज भारती, प्रेमदेव गिरीहरू संस्थापनक्षको लय समात्न पुगका छन् । प्रेमदेव गिरी सुर्खेती एकमात्र बहुमुखी प्रतिभाका धनी र वास्तविक कलाकार बनेर राष्ट्रिय व्यक्तित्व बनाएका छन र दुई दशक लामो यात्रा काठमाडौंमा विताएका छन् ।
नयाँ शिक्षाको प्रवर्तन (२०२८) ले विद्यालय जीवनमा अतिरिक्त क्रियाकलापको व्यवस्था गरेयता सुर्खेती विद्यालयहरूमा खासगरी जनमावि, गुमी, बजेडीचौरले भक्तबहादुर केसीको नेतृत्वकालमा २०३२ सालदेखि २०४२ सम्म काप्रीचौर मावि, चोल्पा मावि, पलैंटे माविद्वारा जनचेतना जगाउने नाटक मञ्चन भएको इतिहास पाइन्छ भने तीसको दशकयता नाटक विचारधारमा विविधता देखिन थाल्छ । बालाराम शर्मा, लिलाधर गौतम, महेन्द्र गिरी, नरेन्द्र कोइराला, मदन शर्मा प्रगतिवादी नाटक मञ्चनतिर देखिन थालका छन् भने जीवन शाक्यले २०३१ सालदेखि सुर्खेती नाटकलाई तेल हाल्ने काम गरे । लिलाधर÷दीपकद्वारा लिखित र २०३६ सालमा मञ्चित ‘भाुलुभुते’ शीर्षकको नाटक मञ्चनले २०३६ सालको सुर्खेती आन्दोलनलाई ऊर्जा थप्ने काम गरेको छ । पञ्चायती कालको पछिल्लो चरणहरू अलि शिथिल बनेको नाटक परम्परा जनसंस्कृतिक मञ्चको गठन, तथा बागिनाको गठन २०५० यता फेरि लय पकडेको हो ।
गोविन्द कोइराला, खोपीराम लम्साल, मोहन गौतम, बक्सलगायत थुप्रैले सुर्खेतमा नाटक लेख्छन् । सुर्खेत युवा कलाकार ज्ञानबहादुर नेपालीका अनुसार सुर्खेतमा विभिन्न समयमा ‘म भनेको हामी’, ‘यमराज दोषी को ?’, ‘कुर्सी दौड’, ‘मातृभूमिको व्यथा भनेको थडिको खाल्डो’, ‘अंश विवेक’ लगायतका नाटकहरू मञ्चित भइसकेका छन् । २०५५ सालमा राष्ट्रिय नाटक प्रतियोगिता भएको छ । गणेशभक्त गौतमका अनुसार ‘पक्कै मरिन्छ’, ‘मुसलपर्व’, ‘कुर्सी दौड’, ‘सतिकलसा’ मञ्चित भइसकेका छन् भने गौतमले २०३८ सालदेखि नाटक खेल्न प्रारम्भ गरेका थिए । ‘युगारम्भ’ गौतमका नाटक कृति हो । आरंग उनको चर्चित रंगकर्मको थलो हो । यसरी नै चेतना, पचास रूपैयाँको तमसुक, हरियो किरा यहाँ उल्लेख गरिएका नामका अतिरिक्त कमला पन्त, दीपा हमाल, सुशीला बस्नेत, शारदा पन्त, लक्ष्मीकान्ता पन्त, नन्दा बस्याल, माया थापा जस्ता महिला पात्रहरू पनि सुर्खेती रंगमञ्चमा समयानुसार सशक्त बनेर खुलेका छन् । यसरी ओमबहादुर बोहोरा, प्रकाश गुभाजु, बालकुष्ण रेग्मी, दीलिप गुभाजु, शम्भु पन्त, इन्द्र आउजी, अम्मर कार्कीहरू पनि रंगमञ्चमा कुनै बेला देखिएका चरित्रहरू हुन् । श्याम तिवारी, कुलदीप भट्ट पनि नाटक मञ्चनमा देखिएका छन् ।
कलाकार दिनेश गौतमका अनुसार देशद्रोही गोर्खाली नाटक भैरवस्थानमा मञ्चित भएको थियो । पूर्णमान श्रेष्ठ, ललित भट्टराई, बालकृष्ण खरेलहरू पनि सुर्खेती नाटकमा देखिए भने चुडामणि ढुंगाना, जीवेन्द्रदेव गिरी, पट्टुसिंह नेपाली, विष्णु गौतम, थम्म गिरीको महत्वपूर्ण योगदान रह्यो । ढुंगानाले नाटक लेखन, निर्देशन र मञ्चन पनि गरका छन् । सुर्खेती सतिकलसाको नाटक नेपालमै प्रख्यात जीवन्त लोक नाटक हो र यसको मञ्चन सफलतापूर्वक सुर्खेती रंगकर्मीहरूले गरेका छन् ।
२०१५ सालमा चेतानन्द गिरीको निर्देशनमा गुमीमा मञ्चित नाटकमा पहिलो पटक सुर्खेतमा उत्रिएकी कलावती गुरुङ्ग महिला पात्र हुन् उनले प्रतिव्रता वा लक्ष्मी स्वरूप नाटकमा रहेर खेलेकी छन् । प्रेम घले, कविराम गुरुङ्ग, बालाराम श्रीसमगरहरू पनि यसैबेला देखिए । बालकृष्ण सुनार, ज्ञानबहादुर नेपाली, कुलमान नेपाली जस्ता सुर्खेती प्रतिभाद्वारा सुर्खेतको मात्र हैन छिमेकी जिल्लाको नाटक विकासमा योगदान पुगेको छ भने पट्टुसिंह नेपाली अहिले सिकिस्त बिरामी छन् । यसरी सुर्खेती नाटको विकासमा जनमावि, बजेडीचौर मावि, एसओएस, क्षेत्रीय शिक्षा निर्देशनालय, साविकको बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस, मप विश्वविद्यालय, बागिनी, आरंग नेपाल, उज्वल कला परिवार लगायतको विशेष योगदान, ऊर्जा र प्रेरणा प्राप्त छ ।
समयक्रममा व्यक्ति विशेष, स्थान विशेष नाटकको विकासमा महत्वपूर्ण योगदान रहेको र झण्डै एक सय वर्ष लामो, इतिहासले प्रदेश स्तरीय अत्याधुनिक रंगभवनको आवश्यकता आजको टड्कारो बोध छ । माओवादी जनयुद्धकालको सुर्खेती नाटक क्यारिकेचरले जुन स्थान पाएको थियो त्यो २०६० सालसम्म उत्कृष्ट रूपमा भए पनि अहिले शून्यमा झरेको छ भने सुर्खेती ऊर्जाशील कलाकारमा रंगकर्मी, निर्देशक, लेखक ललित भट्टराईद्वारा लिखित ‘दशैं की दशा’ नाटकको वि.सं. २०६८ सालमा सुर्खेत जेलभित्रै मञ्चन भएर नयाँ परम्पराको थालनी सुर्खेतबाटै भएको छ । संभवतः यो मञ्चन नेपालकै मौलिक र नविन हुनसक्छ । ललित भट्टराईद्वारा लिखित तथा निर्देशित उज्वलकला परिवारमार्फत् आमा, टाइगर बाबा, पछुतो, संस्कृतिभित्र विकृती, देवदुत पथ, जाग हे सपुत हो, शान्तिको दियो, सत्गुरुदेव चन्द्र, वनपाले, म त रेन्जर बन्छु, कर्तव्यको गोरेटो, सरसफाइ दुत, प्रायश्चित जस्ता नाटकहरू पनि सुर्खेतका विभिन्न स्थानमा प्रर्दशित भएका छन् । यसैगरी महिला संवेदना समेटिएको ‘तिज कसैलाई नविज’ नाटक तथा ‘सद्गुरुदेव चन्द्र’ हिन्दीलाई नेपालीमा नाट्य रूपान्तरण गरिएको छ । ‘जाग हे सपुत हो’ नाटकका सम्पूर्ण पात्र विशिष्ट क्षमताका रहेर नाटकीय मोडलाई नयाँ दिशा दिएको छ । ‘शान्तिको दियो’ नाटकको मूल पात्र बुद्धको मुर्ति रही नयाँ प्रयोगको थालनी पनि सुर्खेतबाटै भएको छ । ‘सुनौलो मूर्ति’ नाटकमा नेतृत्व गर्ने पात्रहरूमा सहिदकी पत्नी रहेकी छन् । यस नाटकमा वादका बारेमा संघर्ष भएको छ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७५, शनिबार १३:३६