कलम (कविता)
लेख्छ कलमको टुप्पो, यतावती सबैकुरा,
लेखेरै बालबालिकाले, डिग्रीसम्म गर्छ पूरा ।
कोही अनुसन्धानकर्ता, विद्यावारिधि गर्दछन्,
कसैले लेखेर मात्रै, छात्रवृत्ति पाउादछन् ।
बलियो कलम टुप्पो, हतियार भन्दा ठूलो,
यसैले कविता लेख्छ, गर्छ है सबैको भेला ।
राजा–महाराजा बन्छ, लेखेर यही कलमले
साहित्यकार नै बन्छ, लेखी विविध विधाले ।
महासचिव नि बन्छ, लेखी–लेखी कलमले,
नलखेर बसिरन्छ, के गर्न सक्ला खै त्यले ।
विज्ञान यसैले लेख्छ, वैज्ञानिक बनाउाछ,
सारा ती मण्डलै मण्डल, यसैले नै जनाउाछ ।
पढेर लेखेर मात्रै आविस्कार भए कति,
गाएर नसक्ने गुण, कलमको नै छ अति ।
कलम साहारा सबको, लेखी चित्त बुझाउाछ,
विशिष्ट श्रेणीमा यसले, माथि–माथि पुर्याउाछ ।
कोही डाक्टर पाइलट, न्यायाधीश, नानाथरी,
इन्जिनियर औं वकिल, हुन्छन् है यसैले गरी ।
कोही राष्ट्रपति हुन्छन्, कोही कुलपति भए,
अहिले लेख्ने मान्छे, अतिभन्दा अति भए ।
राम्रो रोजगारी हेर, लेख्नै यैले त पाउाछन्,
पढ्ने र लेख्नेको गुण, सारा सर्वत्र गाउाछन् ।
तिमी लेखपढ गर बाबु, भविष्य सुख पाउनै,
समाज, राष्ट्र र विश्व, झलमल्ल बनाउने ।
भ्रष्ट राजनीतिज्ञ औं, घुसखोर प्रशासन,
हटाइ दिप्ती ल्याउाछ, कुशलै कुशल जन ।
पढे लेखेरै शिक्षक, प्राचार्य औं प्राध्यापक,
महिमा कलमको रे, अति–अति नै व्यापक ।
वेद कलमैले लेख्यांै, लेख्ने ती वेदव्यास हुन्,
शब्दर्थ वेदको विद्या, जानी राख्नु है सज्जन ।
पुराण कलमैले लेख्यांै, त्यसमा पुराना कुरा,
हेपी नबोल्नु है होला, ज्ञान–गुण पूरा–पूरा ।
रामायण पैला लैखियो बाल्मिकी ती ठूलाबडा,
उल्था गर्ने भानुभक्त, संस्कृतका शब्द ती कडा ।
रामायण अर्थ हुन्छ, युद्ध राम र रावण,
मीठा औं रसिला शब्द, पढ्दछन् ती सबै गुण ।
देवी भागवत अनि गीता, कलमले नै लेखियो,
गीता भगवान्को गीत, यसको अर्थ नै भयो ।
पाण्डव कौरव युद्ध लेखियो महाभारत,
कहाा भयो त्यो ठूलो युद्ध, हिन्दुस्थान अनि भारत ।
अति ठूलो भइ युद्ध, नाम रह्यौ महाभारत,
त्यो त्यति बेलाको यान, कृष्णका घोडाको रथ ।
त्यस्ता ठूला–ठूला युद्ध पौराणिक कालमा नि भए,
अहिले विश्व युद्धरत, नमान्नु कसैले– भय ।
उतिबेला अहिले जस्तो, थिएन जातजातको,
कलम बाासको हुन्थ्यो, मसी कटुज पातको ।
राम्रो कलम त अझै नियालोको बनाउाथे,
चोप्दै लेख्दै गर्थे, ज्ञान–विद्या जनाउाथे ।
उज्यालो आध्यारो युद्ध, पैल्यैदेखिन देखियो,
हाम्ले जान्यौं पढिलियौं, कलमले नै त लेखियो ।
पाश्चात्य धर्मका ग्रन्थ, बाइबल–हिब्राइलहरू,
ती सबै कलमल्यै लेख्यो, हेलेनिक अरु–अरु ।
लेखियो पाश्चात्य अनि, पूर्वीय समालोचना,
विकास सभ्यता सारा, विद्वान्का तिनी भावना ।
पढेलेखेर नै मन्त्री, प्रधानमन्त्री पनि भए,
महापुरुषहरू पनि पढ्लेख गरेर नै भए ।
‘क’ माने कलात्मक रूप, ‘ल’ त लम्कने यो भयौं,
महेश्वर, सम्हारकर्ता नै भयो ।
गर्दैन सम्हार यसले मान्छे प्राणी ती जातिका,
यसले त सम्हार गर्छ, विकृति ती समाजका ।
कहिले काहीं दुर्नाम हुन्छ, यति सभ्य कलमको नि,
भ्रष्टाचारी न्याय–वकिल, उल्टो लेख्यो भने पनि ।
तसर्थ हे भाइ तिमी, सधैं सुल्टो लेख्ने गर
इज्जत कमलको र आफ्नो उचाइ थुपार्ने गर ।
– खडानन्द भट्टराई
वीरेन्द्रनगर–४, सुर्खेत
साझा बिसौनी संवाददाता ।