आँशुको सङ्गम (पुस्तक समीक्षा)

kul
कुलप्रसाद चपाईं

पुस्तकको विषय वस्तुहरू थरी–थरीका हुन् सक्दछन् र छन् पनि । जीवनवृत्ति, घटना र इतिहासवृत्ति, समाज र संस्कृतिवृत्ति विषयवस्तु केन्द्रित पुस्तकका साथै कोरा कल्पनामा लेखिएका थुप्रै विषय केन्द्रित पुस्तकहरू आजसम्म मेरो अध्ययनमा छन् । मैले अध्ययन गरेकामध्ये अधिकांश लेखकहरूले अरुको दु:खको बारेमा र आफ्नो बारेमा लेखे पनि कोरा कल्पनाको संसार निर्माण गरेर लेखिएको पाइन्छ । विषयवस्तुको केन्द्रीयतालाई त्यति महत्त्व नदिने र थरी–थरी संरचनाभित्र थरी–थरीका शब्द संरचनाहरू रहेका हुन्छन् जसले गर्दा पाठकको पढाइ पट्यार लाग्दो भएर जान्छ । तर दु:ख र पीडालाई पनि आफ्नो शब्दशिल्पमार्फत् पठनीय बनाउन पनि सकिन्छ भन्ने बलियो उदाहरण हो, लेखिका कृष्णा न्यौपाने भुषालको पुस्तक ‘सम्झनामा क्याप्टेन दिनेश न्यौपाने’ ।
एयर काष्ठमाण्डपका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले यात्रुको ज्यान जोगाएर पनि आफ्नो जीवन बचाउन सकेनन् । दुवैले देखाएको आफ्नो पेसाप्रतिको इमान्दारिता र जिम्मेवारी सलाम गर्न लायक छ । पाइलटद्वय यस संसारबाट बिदा भए पनि सबैको मन मस्तिष्कमा उनीहरूको नाम अमर रहेको छ । राष्ट्रले उनीहरूको समयमै उद्धार नगरे पनि मरणोपरान्त ‘वीर पदक’ प्रदान गरेको छ । उनै पाइलट दिनेश न्यौपानेको सम्झनामा उनकी दिदी कृष्णाले पुस्तक तयार पारेकी छन् ।
पुस्तक पढ्दै जाादा हरेक विषयवस्तुलाई सुक्ष्म रूपले विश्लेषण गर्ने र त्यसलाई मुख्य घटनामा लगेर मिलाउने गुण लेखिकामा देखिन्छ । संसारका हजारौं करोडौं मनहरू आफ्नो पीडा आफ्नो मनभित्र लुकाइ राख्ने र त्यसलाई व्यक्त गर्न नसकी त्यसमै पिल्सिरहने देखिन्छ तर लेखिका न्यौपानेले शोकलाई शक्तिमा रूपान्तरण गर्दै यथार्थ शब्दहरू पाठक माझ प्रस्तुत गरेकी छन् ।
राज्यको लाचारीपनमाथि पनि लेखिकाले उठाएको प्रश्न मार्मिक छ । घटना भएको १५ मिनेटमा उद्धार गर्न सकिने ठाउामा राज्य दुई घण्टासम्म पनि पुग्ने सकेन सायद समयमै यस्तो उद्धार हुन सकेको भए, केही हुन सक्थ्यो होला । राजनीति पढेकाहरूले राज्य संरचनालाई परिचालन गर्न नसक्दा धेरै निर्दोष नागरिकहरूले दु:ख पाउने निश्चित छ । यस्तो शोकको बेला पनि एक सचेत नागरिककोतर्फबाट राज्य सञ्चालकलाई गम्भीर बन्न लेखिकाको आग्रह छ । देश, दुनियाा र २ करोड नेपालीको मनबाट गरिएको अपिल सरकारले सुन्नु आवश्यक छ । सायद चालकद्वयले आफू बच्ने युक्ति निकालेको भए बच्न सक्थे होला, यो लेखिकाको मात्रै नभएर सबैको अनुमान हो । त्यसैले उनीहरू आज भौतिकवादी स्वार्थी दुनियााका टिठलाग्दो जीवन जिउनेहरूलाई पाठ सिकाइरहेछन् । आजको समयमा कसैप्रति माया, दया, करुणा, सकारात्मक सोचको विस्तारै खडेरी लागिरहेको छ, आज हामी हाम्रो बच्चालाई टिफिनको नास्ता हालिदिादा नै भन्ने गर्दछौं, ‘बाबु यो नास्ता कसैलाई नदिएर खाएस्, हामी भन्दैनौंकी कोही साथीले नास्ता नल्याएको भए बााडेर खाएस् । हामीमा बढेका मानोसामाजिक समस्याहरूको मुख्य जड भनेको बन्द मन नै हो । यदि खुला मनले संसार पढ्न सकियो भने यी समस्या कम हुनसक्थे होला । त्यसैले यो एक सुन्दर अध्ययन सामग्री बन्न सक्दछ, जहाा लेखिका न्यौपानेले आफ्नो भाइको वियोगलाई, अंतस्करणदेखिनै प्रस्तुत गरेकी छन् । यो पुस्तक भाइको सम्झनामा एउटी दिदीको शब्दवियोग मात्रै होइन राज्यलाई एकप्रकारको दबाब पनि ।
राज्य सहिदलाई दिने सम्मानको त के जथाभावी सहिदको परिभाषा भजाएर राज्यसत्ताको भर्‍याङ चढिरहेछ, तर वास्तवमै कोही यथार्थतामा सम्मान लायक छ भने अग्रपंक्तिमा चालकद्वय नै हुन उनीहरूलाई राज्यले उचित सम्मान दिइनुपर्छ र आश्रित परिवारलाई राज्यले भरण पोषणको व्यवस्था गरिदिनुपर्छ । शालिक निर्माण र बाटोको नाम राख्ने एउटा पाटो होला तर उनीहरूलाई सदैव सम्झनको लागि कुनै पनि विषयको पाठ्यक्रममा उनीहरूको वीरगाथा झल्कने गरी पाठ्य सामग्री बनाउनु अर्को पाटो हुन सक्दछ, जुन कुरा पुस्तक सरसर्ती पढ्दा बुझेका कुराहरू हुन् । साथै करौडौं मनहरूले बुझेको र सोचेको कुरा पनि ।
पुस्तकमा घटना परिघटना र त्यसको परिणामलाई राम्रोसाग केलाइएको छ । सबै कुराहरू विक्षिप्त मनबाट मात्र नभइ एक शिलशिलेवार लेखकको जतिकै लेख्ने सीप पुस्तकमा देखिन्छ । भावना–मन–विश्लेषण–परिणाम लेखनका एक परिपूरक पाटाहरू देखिन्छन् । विगतदेखि घटना भएको समयलाई र भावी दिनका कल्पनाहरू मार्मिक ढङ्गले पुस्तकमा पस्किएका देखिन्छन्, किताब पढ्ने जो सुकै पनि संवेदनाको आाशुका साथ पुस्तक पढ्न सक्दछ तर संवेदनाको आाशु आइरहेका बखत त्यो किताब (पुस्तक) पढेमा क्याप्टेन न्यौपानेको विस्तृतीकरण भेट्न सकिन्छ, जुन कुरा जो सुकै जिज्ञासु पाठक र नेपालीले बुझ्नुपर्ने विषयहरू हुन् ।
पुस्तक सरल भाषामा स्पष्टसाग लेखिएको छ । आफ्नो भाइ गुमाउादा मनमा आएका भावना र आाशुको संगमको रूपमा यो पुस्तक देखिन्छ । जसले यो पुस्तक पढ्छ उसले बुझ्नेछ कि पीडा, आक्रोश, संयमता र विछोडबाट निस्किएको रचना कस्तो हुन्छ भनेर । त्यसैले यो पुस्तक पढ्दा क्याप्टेन दिनेश न्यौपानेप्रति सच्चा श्रद्धाञ्जली ठहर्ने विश्वास मैले लिएको छु ।

प्रकाशित मितिः   १२ असार २०७३, आईतवार १२:३१