पूर्वाधार नहुँदा खुम्चियो पर्यटन

baraha tall 2 years pahileसाझा बिसौनी संवाददाता
सुर्खेत, ९ असार ।
ठूलो महत्त्वाकांक्षाका साथ सुर्खेतमा सञ्चालन गरिएको प्याराग्लाइडिङ्ग तीन महिनामै बन्द भयो । सञ्चालकले पुन: सञ्चालनमा आउने दाबी गरेका छन् । तर कहिलेसम्म भन्ने टुङ्गो छैन ।
नियमित सञ्चालन गर्ने उद्घोषसहित उद्घाटन गरिएको बुलबुले तालको डुङ्गा दोस्रो दिनदेखि सञ्चालनमा छैन । लाइफ ज्याकेट नभएकाले केही दिनका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको र तत्काल सञ्चालन गर्ने उपत्यका नगर विकास समितिको दाबी एक महिना पुग्न लाग्दा समेत दाबीमा मात्रै सीमित भएको छ ।
गढीबाट वीरेन्द्रनगरसम्मको प्याराग्लाइडिङ्ग र बुलबुले तालमा डुङ्गा सञ्चालन हुादा जिल्लाको पर्यटन विकासले फड्को मार्ने विश्वास गरिएको थियो । यसले जिल्लावासीमा नयाा आशाको सञ्चार गराएको थियो । तर उक्त आशा दीर्घकालीन हुन सकेन । प्याराग्लाइडिङ्ग र डुङ्गा सञ्चालन अहिले अनिश्चित जस्तै बनेका छन् ।
यी दुई प्रसङ्ग प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । सुर्खेतमा अत्याधिक सम्भावना भएर पनि पर्यटन क्षेत्रको विकास पछाडि पर्दै आएको छ । पर्यटनका क्षेत्रमा न गतिलो लगानी भित्रिन सकेको छ, न त भएका पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार विकास हुन सकेको छ । यस क्षेत्रको समृद्धिको कुरा गर्दा सधैं चर्चा गरिने पर्यटन क्षेत्र सरकार र निजी दुवै क्षेत्रको प्राथमिकतामा पर्न सकेको छैन । निजी क्षेत्रबाट केही प्रयास भए पनि सरकारी प्राथमिकतामा सुर्खेतको पर्यटन क्षेत्र पर्नसकेको छैन । जिल्लाको विकासका लागि हरेक वर्ष विनियोजन गरिने बजेटमा पर्यटन क्षेत्रमा छुट्याइएको बजेटले पनि यसको पुष्टी गर्दछ । त्यति मात्रै होइन पर्यटकीय क्षेत्रहरूमा हुननसकेको पूर्वाधार विकासले पनि पर्यटन क्षेत्र प्राथमिकतामा पर्न नसकेको सरोकारवालाहरू बताउाछन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही सरकारी प्राथमिकतामा नपरिकन जिल्लाको पर्यटन विकास हुन नसक्ने बताउाछन् । ‘निजी क्षेत्रबाट प्रयासहरू भइरहेका छन्’ उनले साझा बिसौनीसाग भने, ‘सरकारले नै प्राथमिकतामा राखेर काम नगर्ने हो भने निजी क्षेत्रले मात्रै चाहेर पनि हुादैन ।’ पूर्वाधार विकास नहुनु नै यहााको पर्यटन विकासमा देखिएको प्रमुख समस्या भएको उनको तर्क छ । ‘विमानस्थलको सुधार र स्तरोन्नति, सबै ठाउामा सडक पुर्‍याउने र पुल बनाउने लगायत पूर्वाधार निर्माणका काम निजी क्षेत्रले गर्दैनन् त्यो सरकारको काम हो’ उनले थपे, ‘सरकारले उल्लेखित काम गरिदियो भने निजी क्षेत्र पर्यटन उद्योगमा लगानी गर्न तयार छन् ।’ सरकारले पर्यटन विकासको कुरा गर्ने तर निश्चित योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएको शाहीको भनाइ छ ।
निजी क्षेत्रले बेलामौकामा आयोजना गर्ने मेला र महोत्सवहरूबाहेक पर्यटनका अन्य गतिविधि जिल्लामा सञ्चालन हुन सकेको छैनन् । हालसम्म सुर्खेतको पर्यटन विकासको गुरुयोजना समेत छैन । गुरुयोजना निर्माणको चर्चा चलेको लामो समय बितिसकेको छ । सुर्खेत उद्योग वाणिज्य संघ, पर्यटन विकास मञ्च लगायतका निजी क्षेत्र र जिल्ला विकास समितिले पनि पटक–पटक गुरुयोजना निर्माणको प्रयास गरेका थिए । यद्यपि हालसम्म ती प्रयासले उपलब्धि हासिल गर्न सकेका छैनन् ।
सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू बेवास्ताको सिकार बन्दै आएका छन् । जिल्लाकै ठूलो बराह ताल, जाजुरा दह, चमेरे गुफा लगायतका पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक लगायत पूर्वाधारको विकासमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मितिः   १० असार २०७३, शुक्रबार १२:२५