समृद्धिका लागि सुर्खेती युवा र सम्भावना

डा.दिपक गौतम
सबैका लागि समान प्राप्ती समृद्धि हो । समृद्धिको अर्थ सुख हो । सुख मनोजगत्सम्बद्ध क्षेत्र हो । भौतिक तथा मानसिक पर्याप्तताको प्रतिफल नै समृद्धि हो । समृद्धिको सवलता, प्रतिस्पर्धा र आत्मनिर्भरता, सम्प्राप्तीबाट प्राप्त हुन्छ । प्रत्येक जिल्लाको समृद्धिका लागि प्रौढहरूको ज्ञान तथा युवाहरूको सहिपरिचालनमा अपरिहार्य छ ।

सुर्खेत कर्णाली प्रदेशको युवाले भरिएको जिल्ला हो । युवा शारीरिक तथा मानसिक अवस्थाले वयस्क हो । वयस्कमा ऊर्जा, सक्रियता र गति हुन्छ । युवाशक्ति जनसंख्याको ‘बोनस’ हो । बोनस शक्तिले सही दिशा पक्रन सकेन भने समाजकै विकास हुँदैन । युवा देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यस्ता समूहको वास्तविक विकास नै राज्यको विकास हो । राज्यले युवालाई विकास, समृद्धि तथा परिवर्तनका लागि दिशाबोध गर्नुपर्छ । हर असल युवाको दायित्व राष्ट्र दायित्व हो । उसले परोक्ष–अपरोक्ष रूपमा शान्त, समुन्नत, समाज, राष्ट्रोत्थान, सुकिलो नागरिक निर्माण तथा मानवता उत्थानको उद्देश्यहरू लिनुपर्छ । त्यसैकारण युवालाई राष्ट्र विकासको संवाहक मानिएको छ ।
संयुक्त राष्ट्रसंघले १५ देखि ४० वर्षका व्यक्तिलाई युवाका रूपमा परिभाषित गरेको छ । यसभित्र महिला, पुरुष र तेस्रो तथा समलिङ्गि पर्दछन् । वास्तवमा नेपालका रहेको १० वर्षदेखिका मानवमा युवा लक्षण देखिन थाल्दछ । विश्वका हरेक परिवर्तनका युवा खम्बाका रूपमा छन् । युवा भोलिका नेता हुन् । तर सुर्खेत लगायत नेपालका युवाहरू अन्यौलमा छन् । त्यसमध्ये केहीले भने सकारात्मक दिशा दिन लागेको संकेत दिएका छन् । वेरोजगारी, अशिक्षा, दिशाभ्रम, विदेश पलायन आजका सुर्खेती युवाको अवस्था छ । कालापहाड जाने युवाको संख्या एकीन छैन । कालापहाड जानेहरू निम्नस्तरका, शहर बस्नेहरू मध्यमस्तरका र विदेशका उच्च विश्वविद्यालयमा पठनका नाममा गएर उतै हराउने उच्च अर्थात् पहुँचमा भएका युवाहरू पुगेका छन् । अध्ययन, रोजगारी र जीविकोपार्जन जुनसुकै क्रममा गए पनि विदेश पलायन नेपालको र सुर्खेतको समस्या बनेको पृष्ठभूमिमा सुखी नेपाली समृद्ध नेपाल राष्ट्रिय नारा बनिरहेको सन्दर्भमा छोरा र छोरीको विभेदका कारण युवा छोरीहरू गृहकार्यमा मात्र सीमित गरिएका छन् । छोराको आशामा धेरै छोरी जम्मिरहेको छन्, धार्मिक संस्कार अनुसार छोराले पिण्ड दिनुपर्ने हुनाले छोरा नै चाहिने कु–संस्कार अहिले पनि सुर्खेतमा छ ।
आजका युवाले परिवर्तित प्रवृत्ति र बदलिँदो प्रविधिलाई नबुझ्दासम्म सुर्खेतको समृद्धि असंभवप्रायः छ । दक्ष र प्रविधियुक्त युवा सुर्खेती समृद्धिको पहिलो ढोका हो भने अनुशासित, स्वावलम्बी, सिर्जनशील उद्यमशील, स्वस्थ्य, कर्मठ युवा आजको सुर्खेती आवश्यकता हो । राष्ट्रिय स्वतन्त्रता, न्याय, शान्ति र समानताका लागि युवाको संरक्षण, संवद्र्धन, विकास तथा मानवीय संशोधनको विकास आजका नीतिकारको ध्येय बनेको पृष्ठभूमिमा भर्खरै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत उद्यमशील सुर्खेती युवाहरू तथा प्रदेशभरका युवाबाट उद्यमशीलताको प्रस्ताव लेखन तथा प्रस्तुतीकरण भएको छ ।
यसका सकारात्मक पाटामध्ये, सुर्खेत र दैलेखका युवालेमात्र उद्यमशीलताको प्रस्तावलेखन र प्रस्तुती गरे भने आठ–आठ जिल्लाका युवाहरू अनुपस्थित रहे । जबकी यस अगावै जिल्ला, नगरपालिका वा गाउँपालिकाका युवाहरूको सहजीकरणका लागि तालिम दिइसकिएको रहेछ । तालिम लिएकाहरूले आफ्नो दायित्व पूरा नगर्दा युवाहरू अवसरबाट चुकेका छन् र स्थानीय सरकार असफल भएको देखिएको छ । राज्यले लगानी गर्ने तर कार्यान्वयनमा कमजारीले युवाशक्तिको विकास हुनसक्दैन । त्यस्ता गैरजिम्मेवार पक्षले कटु समीक्षा आजको माग बनेको छ ।
यस विषम परिस्थितिमा पनि राष्ट्रिय युवा परिषद्द्वारा प्रदित एक सय ९० घण्टे युवा उद्यमशील तल्लोस्तरको तालिम लिएका विशेषगरी सुर्खेती जनजातिमा र सचेत युवामा उद्यमशीलता सकारात्मक रूपमा पाइएका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर–९का रविन्द्र चौधरी, दिलमाया चौधरी, बिमला चौधरी र लक्ष्मी चौधरीले तालिम लिएको लगत्तै आफ्नै गाउँमा कोठा भाडामा लिएर टेलरिङ्ग खोले, उनीहरूको उद्यमशीलता चम्किएको छ । सेवाग्राहीले कोटपाइन्ट सिलाउने कपडा लिएर आउँदा चौधरीहरूले असर्थता जनाउँदैछन् । यिनीहरू उच्चस्तरको तालिमको माग गर्दैछन् । पातालगंगा जस्तो आफ्नै घरमा कपडा सिलाउने, उद्यमीहरूले आफ्नो खर्च आफै कमाउने, मेसिन, इन्टरलग आफै किनेका छन् । उद्यम दर्ता भने झंझटिलो बनेको छ । रामकृष्ण थारुले सुखेती युवाहरूले गृहबास, सिलाइकटाइ, ब्यूटिपार्लर, मसला, टपरी, जनै स्वीटर, कागत, मसला, धुपबत्ती गर्नसक्ने संभावना छ भनेका छन् । उनको अनुभवमा संगठित व्यावसाय आजको युवाको रोजगारी, भावना तथा सम्भावनाका संयोगहरू हुन् । दिलमाया चौधरीका अनुसार उद्यमशीलताबाट खाना खाइवरी प्रतिपहिना पाँच हजार जति पैसा बचत हुन्छ ।
वीरेन्द्रनगर–१३, करैखोला आफरमा विगत समयदेखिनै होमस्टे चलाउँदै आएकी रचना बाँठाका अनुसार सहकारीको सहयोगमा दुई लाख पचास हजार लिएर समूहमा १२ जनाले व्यवसाय गर्दै आएका छन् । अहिले आफरमा, स्याकले पहिलो साधारणसभा ग¥यो भने आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ गएर दिन बिताउँदैछन् र सकारात्मक सन्देश मिलेको छ । उनीहरू उच्च हल बनाउने कार्यमा जुटेका छन् । वीरेन्द्रनगरबाट त्यहाँ गएर अवलोकन अध्ययन भइरहेको छ । त्यहाँ खेलकुद, तालिम, प्रशिक्षण, सेमिनार लगायत थुप्रै केन्द्रका रूपमा विकास गर्न सकिने आधारहरू बनेका छन् । बाँठाका अनुसार बजार राज्यले बनाइदिनुप¥यो । थप तालिम दिएमा सुर्खेती धेरै युवाहरू समृद्धिको यात्रामा लाग्नसक्छन् ।
यसै सन्दर्भमा सिम्ताली विद्यार्थी युवा नेता गगनसिंह ठकुरी दस जनाको समूहमा अदुवा तथा बेसारको खेती गर्दै आएको छन् । पाँच लाखको लगानीमा यसैवर्ष पहिलो उत्पादन भएको छ । ठकुरीका लागि अदुवामा धेरै रोग लाग्ने कारण अब बेसारमा विस्तार हुनेछ । बेसार स्थानीय बजारमै खोसाखोस हुन्छ । पाँच–सात क्वीन्टल उब्जाएका समूहले कुखुरा व्यवसायमा पनि लय लिएको छ । ठकुरीको अनुसार युवा उद्यमी बन्ने नीतिगत कारणले कठिनाइ छ । गाउँले युवाको पहुँच नभएका कारण समस्या आएको छ ।
सिम्ता गाउँपालिकाका शिक्षा अधिकारी ज्योति गैरेले सिम्ताको जिम उद्यमशीलता अव्यवहारिक छ भनेकी छन् । लेकवेशी गर्ने पहाडीलाई जिम व्यवसायभन्दा पर्यटन मागमा आधारित उद्यमशीलताहरू चलाउनुपर्ने देखेकी छन् । गैरेका विचारमा देखासिकी व्यवसाय निराशाजनक छन् । त्यसकारण टिम्मुर, हर्रो, बर्रो, औंलिसेजस्ता उद्यमशीलता चलाउन नमुना गाउँपालिका सिम्ताका युवाको सम्भावना छ । युवा परिचालन यसरी हुनसक्छ । यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा अधिकारी कर्ण कुँवरका लागि युवा स्वरोजगार कार्यमा हचुवाका भरमा भएका छन् । त्यसकारण युवाबाट क्रमशः प्रतिफल लिन पनि नीति लिनुपर्छ ।
यसरी यहाँ उल्लेख गरिएका प्रतिनिधि अनुभवका आधारमा तथा राष्ट्रिय नीतिका आधारमा कर्ण भुवाजीले सात दिने तालिम, प्याकेज बनाएको र तािलम प्राप्त युवा बनाउने उद्देश्यका कारण सुर्खेती युवाहरू पनि त्यसतर्फ आकृष्ट बन्नुपर्ने धारणा व्यक्त गरे । टेकेन्द्र बस्नेतका अनुसार युवालाई असामाजिक कार्यबाट रोक्न र गति दिन युवासँग अन्तरक्रिया गरिएको भनिए पनि सुर्खेती युवाका लागि स्वरोजमुलक व्यवसायका लागि सुर्खेतभरका प्राकृतिक–ऐतिहासिक–सांस्कृतिक, जैविक, परम्परागत सम्पदाका आधारमा आधुनिक व्यवसायी बनाउनुका सकारात्मक सन्देश जान्छ । यसबाट सामूहिक उद्यमशीलता बजारको सुनिश्चितता, प्रशस्त लगानी प्रवद्र्धन वातावरणमन्त्री लद्यु उद्योग, मत्स्यपालन, बाख्रापालन, पशुपालन, जस्ता संभावनाहरू सुर्खेती युवाबीच रहेका छन् । दिनकै परिचालनमा संघीयताले गति लिनसक्छ ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७५, बुधबार १२:५४