“एक दिन विद्यालय जान नपाउ“दा पढाइ नै छोडें”

टोपबहादुर मल्ल कोपिला भ्याली समाज सुर्खेतमा अध्यक्ष हुन् । वि.सं. २०२८ साउन २२ गते कालिकोटको महावै गाउँपालिकामा बुबा स्व. मनबहादुर मल्ल र आमा पुल्का मल्लको सन्तानका रूपमा जन्मिएका उनी सामाजिक कार्यमा सक्रिय छन् । कोपिला भ्याली समाज सुर्खेत स्थापनाकादेखिका अध्यक्ष मल्लले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः


मेरो जन्म कालिकोटमा भएको हो । म एक वर्षको हुँदा बुबा बित्नुभयो । आमा म १० वर्षको हुँदा बित्नुभयो ।  सानै उमेरमा अभिभावक गुमाएँ । बाल्यकाल दुःखदायी नै भयो ।
घर कान्छो छोरा । आमा हुने बेलासम्म उहाँले रेखदेख गर्नुभयो । आमा–बुुबा बित्नुभएपछि अझै दुःख भोग्नुप¥यो । आमाबुबाको माया बाल्यकालदेखि नै पाउन सकिनँ । साथीहरुसँग खेल्दै गर्दा मुले भनेर बोल्याउँथे । आमासँग भन्न जान्थें । मलाई किन मुले भनेका हुन आमा भनेर । आमा केही बोल्नु हुन्थेन् । रुनु मात्र हुन्थ्यो । पछि आमा नै बितेपछि झन् मन दुख्थ्यो ।
बाल्यकालमा एक पटक जात्रा जादाँ आमासँग पाँच रुपैयाँ माग्दा आमा रुनु भएको सम्झना छ । त्यति बेला आमाले चाहेर पनि दिन सक्नुहुन्थेन । अरु साथीहरुले बीस÷तीस रुपैयाा मागेर लैजान्थे । अहिले म अभिभावक नभएकै कारण बालबालिका बढाइबाट व्ञ्चिन नहुन भनेर लागेको छु । यसमा म्यागी म्यामले ठूलो योगदान दिनुभएको छ । बाल्यकालमा मैले अभिभावक गुमाउँदा पढ्न नपाएको, दुःख पाएको पीडा छ । त्यही भएर अरुलाई यो पीडा नहोस् भनेर म यो क्षेत्रमा लागेको छु ।
आर्थिक अवस्था कमजोर नै थियो । अहिलेसम्म त कालिकोट विकट नै छ । त्यसबेलामा धेरै समस्या हुन्थ्यो । मैले सानैबाट विद्यालय जाने अवसर भने पाएँ । तीन÷चार घण्टा लगाएर विद्यालय जानुपथ्र्यो ।
पढाइमा राम्रो थिएँ । कक्षा सात÷आठसम्म पढाइ पुगेको थियो । एक दिन घरमा काम प¥यो । धान रोप्नका लागि सबै घर बस्नु भएको थियो । खेतमा पानीको कुलो लगाउन पालो आउँथ्यो । त्यस दिन हाम्रो पालो परेको थियो । मलाई पनि विद्यालय नगएर आज गाइगोठालो जानु भन्नुभयो । त्यस दिन मेरो विद्यालयमा परीक्षा थियो । मैले विद्यालय जाने अड्डी कसें । म हरेक दिन विद्यालय जान्थें । नियमित विद्यार्थी थिएँ । घरमा मान्नु भएन । आज विद्यालय छुट्यो भने भोलि कसरी साथी र शिक्षकको अगाडि अनुहार देखाउन भन्ने लाग्यो । त्यसैले विद्यालय जान्छु नै भनिरहेको थिएँ । पछि गाइगोठालो जाने निर्णय गरें । तर विद्यालय फेरि कहिल्यै नजाने गरी । अलि घमण्डी पनि थिएँ । शिक्षकहरुले विद्यालय आउ म खर्च व्यवस्थापन गर्छु भन्नुभएको थियो । तर मनले मानेनँ ।
त्यसपछि इन्डिया जाने निर्णय गरें । गाउँमा एक जनासँग तीन सय रुपैयाँ सापटी मागें । पछि इन्डियाबाट फर्किएपछि छ सय रुपैयाँ दिउँला भनेर विश्वास दिलाएँ । उनले तीन सय रुपैयाँ दिए । त्यही पैसा लिएर इन्डिया गएँ ।
गाडी चढ्नका लागि नेपालगन्ज जानुपर्ने हुन्थ्यो । इन्डिया गएर लेबर काम गरें । गाडीका पछिपछि हिड्थेँ । सुरुसुरुमा भोकै बस्नु पनि प¥यो । ६ महिना इन्डिया बसीसकेपछि घर फर्किएँ । एक हजार आठ सय भारु कमाएको थिएँ । आफन्तलाई केही कपडा किनेर ल्याइदिएँ । जाँदा लगेको ऋण पनि तिरें । केही पैसा बचाएर फेरि इन्डिया नै गएँ ।
इन्डियामा एउटा विदेशी संस्थाका लेबरकै काम गर्न पुगें । रमनास गार्डेन नामको विदेशी संस्था थियो । त्यहाँ गएपछि पढ्नुपर्छ भन्ने भावना पनि आयो । त्यहाँ मैले कक्षा १० सम्म पढें । सँगै मैले त्यही संस्थामा काम गर्ने अवसर पाएँ । विदेशी संस्थामा काम गर्न लागेर मेरो प्रायः
विदेशी व्यक्तिहरुसँगै नै बढी घुलमिल भयो । मैले त्यहाँ
अंग्रेजी भाषा राम्रो बनाउने अवसर पाएँ । त्यही संस्थामा काम
गर्दै जाँदा म्यानेजरसम्म भएँ । त्यहाँ मैले नेपालकै बालबालिकालाई राख्थे ।
यसै क्रमममा म्यागी डोयनसँग भेट भयो । उहाँ भर्खरैको १७ वर्षको हुनुहुन्थ्यो होला । अमेरिकाबाट सामाजिक सेवा गर्ने भनेर नै आउनुभएको
थियो । त्यो संस्थामा नेपाली बालबालिका देखेर उहाँले यी नेपाली बालबालिका कसरी आए भनेर सोध्नुभयो । मैले उहाँलाई
यहाँका बालबालिकाको विषयमा सबै भनें । त्यसपछि उहाँ नेपाल आउने ईच्छा देखाउनुभयो । र हामीले यहाँ आएर कोपिला भ्याली सुर्खेत समाज स्थापना गरेका हौं ।
म्यागी म्यामले आफूले बाल्यकालदेखि नै खाजा खाने पैसा छुट्याएर जम्मा गरेको पाँच लाख र मैले इन्डियामा कमाएको केही पैसाले सुरु गरेका हौं ।
सानैदेखि नै समाजिक सेवा गर्थें । बालबालिकालाई सहयोग गर्ने अघि सर्थें । आमाबुबा नभएका बालबालिकालाई सहयोग गर्ने र एकल महिलाहरुलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले नै हामीले यहाँ यो संस्था खोलेका हौं ।