महाशिवरात्रीको गरिमा
नरबहादुर जि.सी.
भगवान शिवशंकर शिवको रूपमा अवतरण भएको दिन चौदशीको दिन महाशिवरात्री । यो श्रृष्टिकर्ताको रूपमा सञ्चालन गर्नु भएको शिव स्वरूप भगवान भोलेनाथ शंकर हुन् । महादेव अत्यन्त सरल र छिट्टै प्रशन्न भइ हाल्ने विश्व कल्याणको लागि सवत्र त्या गर्ने बाला वेव भगवान शिव शंकर । महाशिव रात्रीको दिन राती शिवजीको पूजा आरधाना गरिन्छ । भगवान शिवलाई बेलपत्र र धतुराको फूल ज्यादै प्रिय छ । गंगाजलको अभिषेक र भाङको प्रसाद शिवजीलाई प्रिय छ । गंगाजलको अभिषेक र भाङको प्रसाद शिवजीलाई अत्यन्त मनपर्छ ।
प्राचीनकालदेखि नै भारतमा भगवान शिवजीको पूजा आरधाना हुँदै आइरहेको छ । नेपालमा पनि पशुपतिनाथको रूपमा भगवान शिवजीको पूजा–पाठ, भजन, किर्तन आदि हुँदै आइरहेको छ । वेद, पुराण, उप–निषद, महाभारत, रामायणको तथा संस्कृति साहित्यमा भगवान शिवजीको गुणगान हुँदै आइरहेको छ । यसमा शिवको ज्ञान, वैराग्य, ऐश्वर्य, तप, सत्यक्षमा, सर्जन, आत्मा–सन्तोष आदि गुणको परिचय मिल्दछ । विश्व कल्याणको लागि भगवान् शिव अग्रसर छन् ।
वायु पुराणमा पनि लेखिएको छ, ‘भगवान शिवको पूजा चारै युगमा हुँदै आइरहेको छ, मस्य पुराणमा शिवजी विश्व कल्याणको लागि आनन्दमा हुनुहुन्थ्यो भने, ब्रम्हाण्ड पुराणमा शिवजीको स्वरूप अत्यन्त क्रूर र भयावह थियो ।” त्यसैगरी अग्नी पुराणमा भनिएको छ, ‘महादेवलाई चंक–चंकेश्वर भनेर चिनिन्थ्यो ।’ यसरी भगवान शिवले विभिन्न कालखण्डमा विभिन्न स्वरूप धारण गर्नुभएको थियो । भगवान शिव चौदशीका दिन अधिपति मानिन्छन् । किनकी प्रत्येक महिनाको चौदशीका दिन शिवको राती पनि भनिएको छ । तर महामासको चौदशीको दिन ज्योति लिंगको प्रार्दुभाव भएको हुँदा यो दिन महाशिव राती भनिएको हो ।
महाशिव रातीको दिन महाशिव राती व्रत भएको हुँदा कुनै पनि बालक, महिला, पुरुष, वृद्ध, ब्रम्हण, क्षेत्री, शुद्र आदि कुनैले पनि वर्त गर्नसक्छ, यो व्रत गर्ने जो सुकैले पनि पुरादिन भगवान शिवको स्मरण, रुद्राभिषेक गर्नुपर्छ र शिवालयमा मन्दिरमा भगवान शिवको अगाडि बसेर शिवजीलाई गंगाजल अनी पञ्चामृतले स्नान गराएर बेलपत्र, धतुराको पूmल चढाउनुपर्छ र निरहार रहेर भगवान शिवको व्रत बस्नु अति उत्तम मानिन्छ ।
महाशिव रातीको दिन भारतीय संस्कृति र धर्ममा अनेक महŒव छ, महाशिव रातीको राती सुख प्रदान गर्ने राती हो । यो रातीमा दुवृत्ति पास आउन सक्दैन, सद्वृत्ति र सद्गुणको वृद्धि हुन्छ । आनन्द दायिक राती हुन्छ र आनन्द दायिक जीवन हुन्छ ।
स्कन्द पुराणमा भनिएको छ, ‘शिव रातीको राती, जो व्यक्ति सुत्दैन, रात भर जागरण बसेर शिवपूजा भजन कृतन आदि गुणगाण गर्छ, त्यो व्यक्तिले फेरि जन्म लिंदैन । जो व्यक्तिले बेलपत्र भगवान शिवजीलाई चढाएर पूजा गछ, त्यो व्यक्तिलाई भगवान शिवले नर्क जानबाट बचाउनु हुन्छ । शिवरातीको दिन व्रत गर्ने व्यक्ति गर्ने शिवमय बनी हाल्छ । व्रत गर्नेहरूको लागि यो व्रत दानतप, यज्ञ, यात्रा आदिबाट अनेक गुण बलवान हुन्छ । नेपाल–भारत लगायत धेरै देश र ठाउँहरूमा शिवरातीको तिहार हर्ष, उल्लास र उमंगका साथ मनाउने गरिन्छ । कैयौं प्रान्त र ठाउँहरूमा शिवालय र मन्दिरहरूमा भजन किर्तनसहित मेला लाग्छ र भगवान शिवलाई अभिषेकका साथै दूधको धारले स्नान गराइ पूजा गरिन्छ । आरतीका साथ घण्टहरू बजाइ वातावरणलाई समेत प्रभावित पारिन्छ । भगवान शिवजीको व्रतले चाँडालुलाई पापमुक्त गराइ स्वर्गबासको बाटो खुलाइएको शास्त्रहरूमा उल्लेख गरिएको छ ।
शिव रातीको दिन निरहार बसेर शिवपूजा गर्ने महात्मा धेरै छ, भगवान शिवलाई कमलको फूल, अफिन विज, चामल, धतुराको पूmल आदिले पूजा गर्ने गरिन्छ । भगवान सदा शिव भोला छिटै खुशी भएर फल दिइ हाल्ने भोलेबाबा हुनुहुन्छ । महामृत्युजय जप मन्त्र ॐ नमः शिवाय, को मन्त्रः जाप गर्दा भगवान शिव प्रशन्न हुनुहुन्छ, महा शिव रातीको राती भगवान मृगी कुण्डमा स्वयम् गंगा प्रकट भएर सबैलाई तृप्त गरी पृथ्वीमा हराभरा गराइ सबै खुशी र सुखी भएको सत्य कुरा शास्त्रहरूमा उल्लेख पाइन्छ ।
महादेवको पूजा आराधना शिव रातीको दिन धुमधामका साथ गरिन्छ र सबैको आत्माको उद्दार कल्याण हुन्छ, प्राचिन शास्त्र पुराणहरूको उद्भव विन्दुको प्रथम शब्द जन्म मरण गनी स्वीकारिएको छ र ईश्वरले त्यसको सञ्चालन गर्दै आइरहेका छन् ।
भगवान शिवको जय,
भोलेनाथ शिवको जय ।
उमापति महादेवको जय, जय, जय ।।
(भेरीगंगा–१३, रामघाट, सुर्खेत)
साझा बिसौनी ।