किताब गोदाममा, विद्यार्थीका हात खाली
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ फागुन ।
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिउँद लाग्यो की विद्यालय बन्द हुन्छन् । हिउँ पर्ने भएकाले डोल्पा, मुगु, हुम्ला लगायतका हिमाली जिल्लामा मंसिरसम्म शैक्षिक सत्र अन्त्य गर्नुपर्छ । मंसिर अन्तिम सातासम्म पठन–पाठन हुने यी जिल्लाका विद्यालयहरू अत्याधिक चिसोले पुसको पहिलो साता नै शैक्षिक सत्र अन्त्य गर्छन् ।
पुसमै हिमाली जिल्लाका अधिकांश विद्यालयहरू बन्द हुन्छन् । झण्डै दुई महिना बन्द भएका विद्यालयहरूले फागुन एक गतेदेखि नयाँ शैक्षिक सुरु गर्छन् । हाल ती जिल्लामा चालु शैक्षिक सत्र सुरु भएको दुई हप्ता बढी भइसक्यो । शैक्षिक सत्र सुरु भइ विद्यालय खुले पनि त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका वडा ७, ८, १ र २ मा रहेका १८ विद्यालयका झण्डै एक हजार पाँच सय बालबालिकाको हातमा पाठ्यपुस्तक पुगेका छैनन् । त्रिपुरासुन्दरी मात्रै होइन हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा पुस्तक पुग्न सकेका छैनन् । पढाइ सुरु भए पनि समयमा ढुवानी हुन नसक्दा ‘सबै विद्यार्थीको हात’ मा किताब पुग्न सकेको छैन ।
हुम्ला, डोल्पा र जुम्लाका सबै विद्यार्थीको हातमा किताब पुग्न नसकेको हो । जनक शिक्षा सामग्री केन्द्र या ढुवानीकर्ताको समस्याले नभइ हिउँ परेर हवाई उडान नहुँदा सबै विद्यार्थीको हातमा किताब पुग्न सकेको छैन । हुम्लाका ढुवानीकर्ता ज्ञानबहादुर रोकाय जनक शिक्षा सामग्री केन्द्रको गोदाममा नै किताव कुरेर बस्ने गरेका छन् । हुम्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्कुलमा किताब पु¥याउने जिम्मा लिएका रोकायले आधा किताब पु¥याएका छन् । तर पर्याप्त पुस्तक पु¥याउन नसक्दा सबै विद्यार्थीले पाएका छैनन् । नेपालगन्जदेखि कार्गो विमानमार्फत् कर्णालीका हिमाली जिल्लामा पुस्तक पु¥याउनुपर्ने हुन्छ । राष्ट्रिय सडक सञ्जालले नछोएका कर्णालीका हिमाली जिल्लाहरूमा वर्षेनी समयमा किताब पुग्दैनन् ।
शैक्षिक सत्र सुरु भए पनि किताब नपुग्दा विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । मौसम खराब भएसँगै विमानहरूले उडान गर्न नसक्दा हिमाली जिल्ला पु¥याउनुपर्ने पुस्तकहरू नेपालगन्जमै थन्किएका छन् । ‘हिउँ परेर उडान नै भएको छैन । कसरी किताब लैजानु ?’ पुस्तक पसलका सञ्चालक ज्ञानबहादुरले भने, यसपटक हिउँले साह्रै असर ग¥यो, मौसम खराबीसँगै उडान अवरुद्ध हुँदा आधा पुस्तक लैजान पाएको छैन ।’ रोकायले फागुन ११ गते हवाई उडान हुँदा तीन हजार किलो किताब हुम्ला पठाएका थिए । त्यसपछि उडान भएको छैन । बीचमा एक पटक उडान भए पनि जहाज बीचबाटै फर्किएको उनको भनाइ छ । ‘यत्रो दिन उडान नहुँदा विमानस्थलमा यात्रुकै चापाचाप छ । हाम्रो किताब कसले लगिदेला खोइ ?’ रोकायले भने, किताब तयार छ । उडान नहुँदा लैजान पाएका छैनौ ।’
हुम्लामा सात वटा स्थानीय तह छन् । त्यसमा तीन वटा गाउँपालिकामा रोकायले किताब पु¥याउँछन् । अदानचुली र ताजाकोट गाउँपालिकामा एलबी सप्लायर्स तथा सर्केघाट र चंखेली गाउँपालिकामा ज्ञानु बुक्सले किताब पु¥याउने बाँडफाँड भएको छ । केन्द्रको गोदामबाट लगिसकेका धेरै ढुवानीकर्ताको किताब कोही बाटोतिर त केही ठाउँमा पुगेको छ । केन्द्रका नेपालगन्ज प्रमुख रविन्द्र शर्माका अनुसार, हुम्लाका लागि चाहिने ९७ हजार ६ सय ८० थान किताब उठिसकेको छ । कोही ठाउँमा पुगिसकेको छ । केही नेपालगन्ज र बाटोमा छन् । ठाउँमा पु¥याउन हिउँले समस्या निम्त्याएको छ । जुम्लाका लागि ७८ हजार थान किताब गइसकेको छ । आधा किताब जान बाँकी रहेको छ । डोल्पामा चाहिने जति २९ हजार दुई सय ७१ थान किताब पुगिसकेको छ ।
जनक शिक्षा सामग्री केन्द्र, नेपालगन्जमा २४ लाख पाठ्यपुस्तक थुप्रिएको छ । वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि केन्द्रको नेपालगन्ज गोदाममा किताब राखिएको हो । केन्द्रका नेपालगन्ज प्रमुख शर्माले यस क्षेत्रलाई पुग्ने किताब आइसकेको बताए । नेपालगञ्ज केन्द्रले बाँके, बर्दिया, दाङ, रोल्पा, सल्यान, पश्चिम र पूर्वी रुकुम जिल्लामा किताब पठाउँछ । विगतका केही वर्षमा किताब नआएर हैरानी खेपेको केन्द्र नेपालगन्जले यसपाली बेलैमा किताब ल्याएको छ ।
साझा बिसौनी ।