पञ्चपुरी महोत्सव सुरु

साझा बिसौनी संवाददाता
पञ्चपुरी, १४ फागुन ।
पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव मंगलवारदेखि बावियाचौरमा सुरु भएको छ । कर्णाली प्रदेशसभाका सांसद यज्ञबहादुर बिसीले आइतवार महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै बिसीले पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय स्थल, सामाजिक तथा सांस्कृतिक भेषभूषा संरक्षण र आर्थिक विकासमा महोत्सवको महŒवपूर्ण भूमिका रहने बताए । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले कर्णाली प्रदेशको राजधानी सँगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भइरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार सम्भावनाहरूलाई ऊजागर गर्न महोत्सवले सहयोग पुग्ने बताए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मेला महोत्सव रमाइलोका लागि मात्र नभइ पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवद्र्धन र प्रचार–प्रसारका लागि पनि सघाउ पुग्ने बताए ।
रेडियो डाँडादरा एफएमको आयोजना तथा बावियाचौर स्पोर्टस क्लब र सिंगारो म्युजिक प्रालको सहआयोजनामा सञ्चालित महोत्सव फागुन २१ गतेसम्म चल्नेछ । महोत्सव मूल आयोजक समितिका संयोजक विन्द्रप्रसाद जैशीले पछाडि परेको पश्चिम सुर्खेतको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले करिव ५० लाखको लागतमा सञ्चालन गरिएको महोत्सवमा एक लाख दर्शकको सहभागिता रहने बताए ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७५, बुधबार १६:४६