क्रिष्टलको शोरुम जुम्लारोडमा

क्रिष्टल डिजिटल मल्टी सिस्टम (न्यू विष्णु रेडियो इम्पोरियम) ले वीरेन्द्रनगरको जुम्लारोडमा शोरुम उद्घाटन गरेको छ । विभिन्न आठ भन्दा बढी कम्पनीका इलेक्ट्रोनिक्स सामग्रीहरू बिक्री वितरण गर्दै आएको क्रिष्टलले बिहीवारदेखि वीरेन्द्रनगरको जुम्लारोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले उद्घाटन गरेका हुन् । यसअघि दुई वटा शोरुमहरू सञ्चालन गरेको बिक्रेता कम्पनीले वीरेन्द्रनगरमा यो तेस्रो शोरुम रहेको जनाएको छ । चार करोड भन्दा बढी लागतमा शोरुम विस्तार गरिएको क्रिष्टल डिजिटलका सञ्चालक प्रेम आचार्यले बताए ।
यसैबीच सुजल डेकोरेटिभ हाउसले पनि आफ्नो सेवा सुरु गरेको छ । कार्पेट, पर्दा लगायतका घरायसी फर्निचरका सामग्रीहरू बिक्री वितरण गर्ने गरी जुम्लारोडमा नै बिहीवारदेखि सेवा सुरु गरेको हो ।

प्रकाशित मितिः   १० फाल्गुन २०७५, शुक्रबार १७:३९