पठन–पाठन ठप्प पार्ने चेतावनी

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत क्याम्पस (शिक्षा) मा कार्यरत प्राध्यापकहरूले क्याम्पसको पठन–पाठन ठप्प पार्ने चेतावनी दिएका छन् । सुर्खेत क्याम्पस शिक्षाका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सह–सचिव गणेशबहादुर शाहीलाई कारबाहीको माग गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
शाहीले परीक्षा मर्यादा र अनुशासनलाई चुनौती दिदैं प्राध्यापक लगायत अपाङ्गता भएका विद्यार्थी माथि दुव्र्यवहार र हमला गरेको आरोप प्राध्यापकहरूले लगाएको छन् । मंगलवार विज्ञप्ती जारी गर्दै प्राध्यापकमाथि सांघातिक हमला र धम्कीपूर्ण व्यवहारमा शाही प्रस्तुत भएकाले कारबाहीका लागि माग गरिएको छ ।
क्याम्पस प्रशासनले कारबाही नगरेको खण्डमा सम्पूर्ण पठन–पाठन र परीक्षा सम्बन्धी कामहरू नगर्ने उनीहरूले चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सुर्खेत क्याम्पस शिक्षा इकाई समितिका सभापति बलभद्र भारती र सचिव शरद पौडेलद्वारा जारी विज्ञप्ती अनुसार माग सुनुवाइ भएमा पूर्ववत रूपमा काममा फर्किन तयार रहेको उल्लेख छ ।