गरिमा विकास बैंक सुर्खेतमा

सुर्खेत, ५ फागुन । (साबिस)
गरिमा विकास बैंकको शाखा विस्तार गरिएको छ । बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतवारदेखि कारोबार सुरुवात गरेको हो । शाखाले वीरेन्द्रनगरको बुद्धपथ चौकबाट कारोबारो थालेको छ ।
वीरेन्द्रनगरमा बैंकको ७२औं शाखाका रूपमा कार्यालय स्थापना गरिएको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र आठ वटा शाखा छन् । देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । पर्साको वीरगन्ज, चितवनको टाँडी र मिलनचौक, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, लमजुङको बेंसीसहर र वीरेन्द्रनगरमा आइतवारबाट सेवा आरम्भ गरेको शाखा प्रबन्धक दिपिन डोटेलले जानकारी दिए ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७५, सोमबार १६:३९