जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा

साझा बिसौनी संवाददाता
जाजरकोट, ६ फागुन ।
जिल्ला अस्पताल जाजरकोटमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ । ५० शैयाको जिल्ला अस्पतालमा सेवा सञ्चालनमा आएको हो ।
डा. महेश शिलवाल आएपछि शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए । अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने डा. भूपेन्द्र मल्लले बताए । अस्पतालमा जटिलबाहेकका शल्यक्रिया सेवा प्रदान हुने जनाइएको छ । गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले शल्यक्रियाका गरे पनि काज सकेर फकिएपछि सेवा बन्द भएको थियो ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताए । जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउन नगरपालिकाले शव बहान उपलब्ध गराउने नगरप्रमुख घर्तीले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७५, मंगलवार १५:५६