रनिङ्गशील्डको फाइनल आज

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ फागुन ।
मुख्यमन्त्री रनिङ्गशील्ड भलिबल प्रतियोगिताको उपाधिको लागि पुरुषतर्फ सल्यान र रुकुम पश्चिमबीच प्रतिस्पर्धा हुने भएको छ । शनिवार भएको सेमिफाइनलमा सल्यानले दैलेखलाई र रुकमले सुर्खेतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।


समूह चरणको पहिलो खेलमा रुकुमलाई हारको स्वाद चखाएको सल्याल पुनः जीत हातपार्दै उपाधि चुम्ने दाउमा रहेको छ । यस्तै पहिलो खेलमा सल्यालसंग पराजित भएको रुकुम भने हारको बदलालिँदै उपाधि भिœयाउने शुरमा छ ।
शनिवार भएको सेमिफाइनलमा घरेलु टोली सुर्खेतलाई उसकै मैदानमा तीन शून्यको सोझो सेटमा पाखा लगाउँदै रुकुम उपाधि नजिक पुगेको हो । समूह चरणको खेलमा रुकुम र हुम्ला तथा सेमिफाइनलमा दैलेखलाई हराएको सल्यान ६ अकंका साथ शीर्षस्थानमा रहँदै उच्च मनोबलका साथ मैदान उत्रिदैछ । यता रुकुम भने समूह चरणको खेलमा एकमा हार र एकमा जीत निकाल्दै चार अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
यस्तै महिलातर्फको उपाधिको लागि कालिकोटले रुकुमको सामना गर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा भएको रोमाञ्चक खेलमा कालिकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका हुन । यसैबीच घरेलु टोली सुर्खेतले दैलेखलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । दैलेखलाई ३–१
को सेटमा पराजित गर्दै सुर्खेतले नगत ५० हजारसहित तेस्रो स्थानमा आफ्नो नाम लेखाएको छ । महिलातर्फ भने सुर्खेतलाई पाखा दैलेखले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक÷एक लाख रूपैयाँ हात पार्ने छन् । उप–विजेताले ७५ हजार हात पर्दा तेस्रो हुनेले ५० हजार पाउने आयोजकले सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७५, आईतवार १५:०५