सञ्चारमन्त्रीको ‘सुर’, मुख्यमन्त्रीको ‘ताल’

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन ।
औपचारिक कार्यक्रम उद्घाटन गर्ने प्रचलित केही तरिकाहरू छन् । प्रमुख अतिथिबाट रिवन काटेर, बिरुवामा पानी हालेर, पानसमा बत्ती बालेर वा यस्तै केही विधि अपनाइन्छ । तर, सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन वीरेन्द्रनगरमा फरक शैलीमा गरियो ।


पुरानो सञ्चार प्रणालीका रूपमा लिइने दमाह बजाएर सम्मेलन उद्घाटन गरिएको हो । सम्मेलनका प्रमुख अतिथि संघीय सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले दमाहमा ‘नगारो’ (तामाको भाडामा छालाले मोडेको बाजाको आवाज)को ‘सुर’ निकालेका थिए, भने विशेष अथिति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘ताल’ मिलाएर उद्घाटन भएको घोषणा गरे । पुरानो सञ्चार शैलीको सम्झना गर्दै सम्मेलनको उद्घाटन दमाहमा ‘नगारो’ बजाएर गरिएको हो । आधुनिक सञ्चारका साधनहरू आविस्कार हुनुपूर्व दमाह बजाएर गरिने सञ्चारलाई सांकेतिक स्वरूपमा मन्त्री र मुख्यमन्त्री दमाहमा ‘नगारो’ बजाए ।
विवाह, ब्रतबन्ध तथा शुभकार्यको उद्घाटन तथा उच्च ओहदाको व्यक्तिको सम्मान स्वरूप ‘नगारो’ दिने प्रचलन कर्णालीमा छ । ग्रामीण बस्तीहरूमा हालसम्म कायमै रहेको यो प्रचलन सहरी क्षेत्रका लागि भने निकै अनौठो र नौलो चलन जस्तै बन्यो, सञ्चारमन्त्री र मुख्यमन्त्रीले सुर र ताल मिलाएर सम्मेलन उद्घाटनको गर्दाको त्यो क्षण ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बास्कोटाले सञ्चार माध्यमले प्रविधिको प्रयोग सँगै भरपर्दाे सूचना प्रवाह गर्नपछि परेको उल्लेख गरे । हतारमा दिने सूचनाले यथार्थ लुक्ने र गलत सन्देश सञ्चार हुने भएकाले ‘अपडेट’ गर्दा पनि भरपर्दाे स्रोतको उपयोग गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । ‘सत्य सूचना दिनु नै सञ्चार माध्यमको काम हो । तर, त्यसो हुन सकेको छैन’ उनले भने, ‘व्यक्तिको चरित्र हत्या गर्ने, निहीत स्वार्थका लागि सञ्चार माध्यमको दुरूपयोग बढ्दो छ । अब नियन्त्रण हुन्छ ।’ उनले पत्रकारहरूको पारिश्रमिक सरकारले निर्धारण गरे अनुसार नै कायम गर्नुपर्ने बताए । राज्यले पत्रकारहरूको सुरक्षाका लागि कुनै कसुरबाँकी नराख्ने भन्दै समृद्धि र विकासका क्षेत्रमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सञ्चार माध्याम सक्षम र सवल हुनुपर्ने धारण राखे । सरकारको प्रतिपक्ष नभइ
सहयोगीका रूपमा सञ्चार माध्यामले भूमिका निर्वाह गर्न उनले आग्रह गरे । ‘कर्णाली निकै विकट र दुर्गम छ’ उनले भने, ‘यहाँको विकासका लागि सञ्चार माध्यामले अनियमितता, भ्रष्टाचारका कुरामा खरो भएर लाग्नुप¥यो । सरकार सञ्चार माध्यामको सहयोग चाहन्छ ।’
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता हृदयराम थानीले आधारभूत आवश्यकताको लागि संघर्ष गरिरहेको प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउन सामदायिक रेडियोको भूमिका महŒवपूर्ण रहने बताए । अकोरावका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोको अभियानमा नेपालको इतिहास र वर्तमान गौरवपूर्ण रहेको बताए । सामुदायिक रेडियोहरूको प्रशारण सुरु भएको २१ वर्षमा पनि सामुदायिक रेडियो सञ्चानलको नीति बन्न नसक्नु दुःखको कुरा भएको उनको टिप्पणी थियो । सामुदायिक रेडियोहरूलाई कसरी न्याय गर्न सकिन्छ भनेर सरकारले सोच्नुपर्ने बेला आएको खतिवडाले बताए ।
बुधवारदेखि सुरु भएको अकोरावको सम्मेलनमा देशभरका सामुदायिक रेडियोमा कार्यरत सञ्चारकर्मीहरू वीरेन्द्रनगरमा जमघट भएका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा सामुदायिक रेडियोका चुनौती, समस्या, समाधान, वर्तमान अवस्थाका बारेमा छलफल हुनेछ । तीन दिनसम्म चल्ने सम्मेलनले सुर्खेत घोषणापत्र समेत जारी गर्नेछ ।

प्रकाशित मितिः   २ फाल्गुन २०७५, बिहीबार १६:३९