संयुक्त मिलाप अभ्यास

सुर्खेत, २७ माघ । (साबिस)
श्री विनायकदल गण, नेवारे ब्यारेक सुर्खेतमा पहिलो पटक प्रादेशिकस्तरको संयुक्त मिलाप अभ्यास सम्पन्न भएको छ । प्रदेशस्तरमा विपद व्यवस्थापनमा खटिने निकायहरूबीच समन्वय तथा मेलमिलाप कायम गर्न ‘अभ्यास गरुड’ नामक उक्त तालिम सञ्चालन गरिएको हो ।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी सुर्खेत, नेपाल टेलिकम र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित थिए । श्री विनायकदल गणका गणपति प्रमुख सेनानी सुरज लामिछानेले विपद्को अवस्थामा खटिने विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरूबीच के–कसरी समन्वयकारी मिलाप कायम गर्नका लागि ‘अभ्यास गरुड’ सञ्चालन गरिएको जानकारी दिए ।
उनले कार्यक्रममा नेपाली सेनाले विपद्को अवस्थामा के–कसरी मिलापको व्यवस्था गरेको छ र अन्य सरोकारवाला निकायबीच समन्वयात्मक मिलाप कसरी स्थापित गर्न सकिन्छ ? भन्ने विषयमा प्रकाश पारेका थिए । उक्त अभ्यासमा सहभागीहरूबाट विपद्मा आ–आफ्नो भूमिका तथा समन्वयका बारेमा प्रस्तुतीकरण हुनुका साथै विपद्मा आधारित फिल्ड अभ्यास समेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मितिः   २८ माघ २०७५, सोमबार १४:४९