जब उनले अनेमसंघको विधान पाइन…

देवी वली कर्णाली प्रदेश सभा सदस्य हुन् । वि.सं. २०२८ असोज १ गते बुबा धिर्जबहादुर वली र आमा उत्तिमकुमारी वलीको सन्तानका रूपममा पृथाउत्तरगंगा गाउँपालिका (तत्कालीन जाङ गाविस ८ खारावाङ) मा जन्मिएकी हुन । अखिल नेपाल महिला सघमार्फत् राजनीतिमा आवद्ध भएकी वली तत्कालीन नेकपा एमालेको गाउँ कमिटीमा आवद्ध हुँदै पार्टीको जिल्ला सदस्य, उपाध्यक्ष र राष्ट्रिय परिषद्को सदस्य हुँदै अहिले नेकपाको प्रदेश सदस्यीय भएकी छिन् । नौ कक्षामा पढ्दादेखि नै राजनीतिमा सक्रिय भएकी वलीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः


बाल्यकालको अधिकांश समय घाँस–दाउरा र गाई गोठालो गरेर बित्यो । म ६ महिनाको हुँदा बुबाको निधन भइसकेको थियो । मैले थाहा पाउने भएपछि बुबालाई देख्न पाइनँ ।
हामी भाइबहिनी धेरै थियौं । जेठी आमाको निधन भइसकेपछि बुबाले मेरो आमालाई विवाह गर्नुभएको थियो । आमाबाट हामी पाँच भाइबहिनी थियौं । म सबै भन्दा कान्छी छोरी । आमाले एक्लै दुःख गरेर हामीलाई हुर्काउनुभयो । उहाँले बुबा–आमा दुवैको माया दिएर हाम्रो रेखदेख गर्नुभयो । आमाको प्रशासन एकदम कडा थियो । जहाँ पाए त्यही जान दिनु हुँदैन्थ्यो । गाउँघरमा हुने पूजा, रमाइलो कार्यक्रममा टाढाबाटै हेरेर घर फर्किनु भन्नुहुन्थ्यो । एक्लैै आमाले पालेका छोराछोरी कस्ता होलान् भनेर अरुले कुरा काट्ने ठाउँ दिनुहुन्न भनेर उहाँले भन्नुहुन्थ्यो ।
बाल्यकालमा तीन÷चार वर्ष हुँदाको एउटा सम्झना छ । ठूलो दिदीको गाउँमै विवाह भएको थियो । पहिला गोठ सार्ने चलन हुन्थ्यो । धेरै गाईभैंसी हुन्थे । ठाउँ–ठाउँमा गोठहरु हुन्थे । हाम्रो घरमा नौ वटासम्म भैंसी थिए । गोठ सार्ने बेलामा दिदीभिनाजुले डोेकोमाथि मलाई बोकेर लगेको सम्झना छ ।
बुबाले छोराछोरीलाई दुःख गरेर भए पनि पढाउनुपर्छ भन्नुहुन्थ्यो रे । मेरो दिदी र दाईले पनि पढ्नु भएको थियो । ठूलै उमेर हुने बेलामा विद्यालय जाने हुन्थ्यो । बुबा बेद पढ्ने भएको हुनाले छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना थियो । अरु दुई वटा दिदीले पढ्नै नमानेर पढ्नु भएन । पढ्ने होस् की धौलेवाला जाने होस् भन्नुभयो । त्यसपछि विद्यालय जान्छु भनें । घर नजिकै विद्यालय थियो । राखुलीको रुखको छाहारीमा बसेर पढ्यौं । कालो पाटीमा बसेर पढ्नुपथ्र्यो । खरीले लेख्थ्यौं । विद्यालयको नाम गापाली हो । अहिले हिमालय मावि भएको छ । मैले यो विद्यालयमा कक्षा तीनसम्म पढें । त्यसपछि पढ्न घरबाट टाढा जानुपर्ने भयो । माइली दिदी काठमाडौं गइसक्नुभएको थियो । अर्को चारगाउँ भन्ने ठाउँ जानुपर्ने कि रुकुमकोट जानुपर्ने । पहिला दिदी र दाईले रुकुमकोट मामाको घरमा बसेर पढ्नुपथ्र्यो । फेरि आमाले पहिला सबैले त्यहीं गएर पढेका भनेर पठाउन अप्ठ्यारो मान्नुभयो । चारगाउँ जान भन्नुभएको थियो । तर त्यहाँ जान मन लागेन । अनि पढाइ रोकें । त्यसपछि घाँस दाउरा गर्ने, घरको काम गर्ने भएर समय बित्यो ।
पुस÷माघमा हिउँ पथ्र्यो । हिउँ खेल्न जान्थ्यौं । रमाइलो लाग्थ्यो । दुर्गम गाउँ थियो । गाईभैंसी पाल्ने नै प्रमुख काम हुन्थ्यो । डोल्पालीको बनसम्म जान्थ्यौं । पढाइ त्यसै रोकियो । दिदीहरुले पढ्नका लागि कर गर्नुहुन्थ्यो । ठूलो भइसकें कसरी पढ्ने ? म मानिरहेकी थिइनँ । तर दिदीले जब वि.सं. २०४७ सालमा अखिल नेपाल महिला संघको विधान
पठाइदिनुभयो । मेरो जीवनले नयाँ मोड लियो । बहिनीले तीन कक्षासम्म भए पनि पढेकी छे, पढेर पार्टीको काममा आकर्षित हुनसक्छे भनेर उहाँले संघको विधान पठाउनुभएको रहेछ ।
विधान पढें । अक्षर त चिने तर अर्थ लगाउन सकिनँ । त्यसपछि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । त्यसबेलामा १७ वर्षको भइसकेकी थिएँ । मैले कक्षा तीनसम्म पढेको विद्यालय पाँचसम्म भएको थियो । फेरि त्यसै विद्यालयमा नाम लेखाएर पढें । शिक्षकहरुले सहयोग गर्नुभयो । पास पनि भएँ । त्यस पछि पढ्ने रहर जाग्यो । दिदी शिक्षक हुनुहुन्थ्यो । पढ्नकै लागि रुकुमकोट पुगें । रुकमेली माविमा आएर कक्षा ७ मा नाम लेखाएर पढें । २१ वर्षको उमेरमा एसएलसी दिएँ । गणितमा कमजोर थिएँ । एसएलसीमा पनि गणितमा अनुत्तीर्ण भएँ । तीन वर्ष लगाएर एसएलसी उत्तीर्ण गरें ।
सोझी थिएँ । सबैले लाटी भन्थे । बोलाउँदा नाम बामनी भन्थे । बाहुनको छोरी जस्तै छ भनेर बामनी भन्थे । सोझी भए पनि साथीहरुसँग मिलेर बदमासी भने गरिन्थ्यो । गाउँमा काँक्रा चोर्ने, घरबाट नौनी घ्यू चोरेर जंगलमा लगेर रोटी पकाएर खान्थ्यौं । कहिले काहीं घर आउँदा रात पथ्र्यो । आमाले निकै गाली गर्नुहुन्थ्यो । कहिले काहीं पिटाइ पनि खाइयो । एक पटक जंगलमा रात प¥यो । पहिला जंगलमा बत्ती बलेको देख्यो भने धन उपत्ति भयो कि भूत भन्ने हुन्थ्यो । एक दिन रात परिहाल्यो । गाउँलेहरु के बल्यो भनेर कराउँदै आए । पछि आगो निभाएर लुक्यौं । रात परेपछि घर आयौं कहाँ गयौ भनेर गाली गर्नुभयो । अहिले सम्झछु । काँक्रा किन चोेरेका हो, घ्यू किनेर चोरेका होला भनेर ।
चाडपर्वमा धेरै रमाइलो लाग्थ्यो । त्यसबेलामा मिठो खाने, राम्रो लगाउने भन्ने हुन्थ्यो । हामीले चाडपर्वमा मात्र भात खाने गथ्र्यौं । अरु समयमा रोटी, आटो, ढिडो खान्थ्यौं । मामाको घरबाट चामल लिएर जान्थ्यौं । पहिला नौ वर्षको हुँदा गुन्यौंचोली लगाइदिने चलन हुन्थ्यो । त्यसबेलामा धेरै रमाइलो लाग्थ्यो । आमाले एउटै बुट्टा गरेको गुन्यौंचोली गराइदिनुभएको थियो । त्यो लगाउँदा यति धेरै खुशी लागेको थियो । गहना, कपडा लगाउन गाह्रो हुन्थ्यो । हुनेखानेले गहना गराउँथे । लगाउन मन लाग्थ्यो । आर्थिक अभाव नै हुन्थ्यो । आमाले एउटा भैंसी बेचेर फूली र मुन्द्री बनाइदिनुभयो । त्यो क्षण धेरै रमाइलो लाग्थ्यो । अझै पनि सम्झना आउँछ आमाले मकैको खाजा भुटिदिनुहुन्थ्यो । घाँस काट्न जाँदा लिएर जाने गथ्र्यौं ।
नौ कक्षामा पढ्ने बेलादेखि नै अनेमसंघमा आवद्ध भएँ । तर विद्यार्थी हुँदा विद्यार्थी संगठन राम्रो लाग्थ्यो । मेरो दिदी शिक्षक हुनुहुन्थ्यो । अनेम संघको जिल्ला अध्यक्ष हुुनुहुन्थ्यो । उहाँले शिक्षक हुँदै गर्न नपाउने भएपछि म अध्यक्ष भएँ । संगठन गराउन जाँदा आमा दिदीहरुसँग काम गर्नुपथ्र्यो । राजनीतिसँगै पढाइलाई पनि अघि बढाएको थिएँ । विवाह गर्ने सोच थिएन, पछि पार्टी र दिदी भिनाजुको आग्रहमा २०५७ सालमा मैले विवाह गरें । एसएलसी पास गरेपछि मुसीकोट खलङ्गा आएँ । आइए पढें । स्नातकोत्तरमा आएर पढाइ रोकियो ।
त्यसपछि कानुन विषय पढें । अहिले त पूरा गरिसकें । दिदी भिनाजुको प्रेरणाले राजनीतिमा आएँ । उहाँले त्यति नगरेको भए मैले पढ्ने पनि थिइन होला । अहिले सम्झन्छु । दिदीले त्यतिबेला अनेम संघको विधान नपठाइदिएको भए आज म पढ्न सक्ने थिइन होला । फेरि पढ्ने सोच पनि आउँदैन्थ्यो होला ।

प्रकाशित मितिः   २८ माघ २०७५, सोमबार १४:४९