आरङ्ग नेपालमा गौतम

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ माघ ।
आरङ्ग नेपाल सुर्खेतको अध्यक्षमा पुन गणेश गौतम चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न १३ औं साधारणसभाले गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा उमालाल आचार्य, सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा यामनारायण आचार्य र सह–सचिवमा खुमलाल न्यौपाने चयन भएका छन् । यस्तै सदस्यहरूमा केशव ढकाल, माया थापा, हरी ढकाल, सविता कोइराला, ज्ञानबहादुर नेपाली, तिलक पौडेल, नवराज खराल र निर्मल प्याकुरेल रहेका छन् ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि वरिष्ठ कलाकार प्रेमदेव गिरीले आरङ्ग नेपालले कर्णाली प्रदेशमा रहेर कलाकारिता माध्यमबाट समाजमा सकारात्मक सन्देश पैदा गरेको बताए । उनले आगामी दिनमा समेत कर्णाली लगायत देशभर कलाकारिताको विकासमा लाग्न शुभकामना समेत दिए ।

प्रकाशित मितिः   २७ माघ २०७५, आईतवार १५:४५