लम्साल सेवा समाजमा भिम

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ माघ ।
लम्साल सेवा समाज सुर्खेतको अध्यक्षमा भिमप्रसाद लम्साल चयन भएका छन् । समाजको शनिवार वीरेन्द्रनगरमा सम्पन्न पहिलो अधिवेशनले लम्सालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कृष्णा लम्साल, सचिवमा डिल्लीप्रसाद शर्मा लम्साल, सह–सचिवमा अनिता लम्साल र कोषाध्यक्षमा भिमप्रसाद लम्साल (ख) चयन भएका छन् । सदस्यहरूमा लक्ष्मीप्रसाद लम्साल, कविराम लम्साल, कृष्णा लम्साल र मीना शर्मा लम्साल रहेका छन् ।
समाजको पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जगतीराम लम्सालको अध्यक्षता सम्पन्न कार्यक्रममा मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन खोपीराम लम्साल, लम्साल सेवा समाजका केन्द्रीय सदस्य धर्मराज लम्साल लगायतको सहभागिता रहेको थियो ।