काठमाडौंमा कर्णाली एक्स्पो हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ माघ ।
काठमाडौंको भुकृटीमण्डवमा फाल्गुन ३ गतेदेखि कर्णाली बृहत एक्स्पो हुने भएको छ । समृद्ध कर्णाली अभियानको प्रमुख आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रबद्र्धन हुने उक्त एक्स्पोमा कर्णाली प्रदेशको मौलिकतालाई प्रस्तुत गरिने आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जनाकारी दिएका छन् ।
गौरवका पाना र सम्भावनाका खानीहरूको उत्सव भन्ने नाराका साथ तीन दिनसम्म हुने बृहत एक्स्पोमा करिब एक करोडको लगानी हुने संयोजक शाहीले बताएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका युवा एवमरु विभिन्न सरकारी तथा निजी संस्थाका सहकार्यमा हुने प्रदर्शनीले एक्स्पोपछि पनि पर्यटन तथा लगानीलाई मध्यनजर गरी अर्थतन्त्रमा ध्यान दिइ अगाडी बढ्ने आयोजक समितिले जनाएको छ ।
कर्णाली प्रदेशमा पर्यटन प्रबद्र्धनका एवम् एक समृद्ध कर्णाली प्रदेशको रूपमा स्थापित गर्न उक्त कर्णाली बृहत प्रदर्शनी, एक्स्पोको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ । प्रवेश शुल्क प्रतिव्यक्ति दुई सय भए पनि विद्यार्थीले भने एक सय उक्त एक्स्पोको अवलोकन गर्न पाउने व्यवस्था रहेको छ ।
कर्णालीका मौलिक सांस्कृति, प्रांगारिक कृषि प्रदर्शन, रैथाने खानाको परिकारहरू, खसभाषा र सभ्यताको सत्र, कर्णाली प्रदेशका अमूल्य प्राकृति सम्पदा एवम् बहुमूल्य जडिबुटीको फोटो, भिडियो र सन्दर्भ सामग्रीहरूको प्रदर्शनी, निजी क्षेत्रका स्टलहरू आदि एक्स्पो पहिचानका वस्तुहरू रहेका छन् ।

प्रकाशित मितिः   २४ माघ २०७५, बिहीबार १५:२०