सुर्खेतमा फोर्स गाडीको शोरुम

सुर्खेत, २३ माघ । (साबिस)
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा फोर्स गाडीको शोरुम उद्घाटन गरिएको छ । नेपालका लागि फोर्स कम्पनीको आधिकारिक बिक्रेता प्रमुख करण वैधले बुधवार शोरुम उद्घाटन गरेका हुन् ।
आधिकारिक बिक्रेताका रूपमा शोरुम उद्घाटन भएसँगै फोर्स गाडीहरू वीरेन्द्रनगरबाटै खरिद गर्न सकिने भएको छ । ग्राहकको माग फोर्स गाडीमा बढेसँगै शोरुम सञ्चालनमा ल्याइएको सुर्खेतका शोरुम सञ्चालक राम खड्काले बताए ।
उनका अनुसार चार करोड रूपैयाँमा शोरुम सञ्चालनमा ल्याइएको हो । १२ देखि १८ सीट क्षमता भएका फोर्स गाडी खरिदका लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको छ । अब साढे ३३ लाखदेखि ४६ लाखसम्मका गाडीहरू सुर्खेतमा खरिद गर्न सकिने उनले जानकारी दिए ।
माग बढेसँगै शोरुम सञ्चालन गरेर आधिकारिक बिक्री थालिएको उनले बताए । ‘बिक्रीका लागि तीन वटा गाडी ल्याइएको थियो’ उनले भने, ‘गाडी गुणस्तरीय भएकाले चार जनाको बुकिङ्ग आएको छ ।’