पहिलोपटक गाडी पुग्दा स्थानीय हर्षित

साझा बिसौनी संवाददाता
दैलेख, १२ माघ ।
दैलेखको ठाँटिकाँध गाउँपालिका–४ गैरागाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी खुशीले दङ्ग भएका छन् । गाउँपालिका–३ वहाँकोटदेखि मौभेरी गावुगौडा भुतगाड खोला हुँदै गैरागाउँसम्म पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीहरू उत्साहित भएका हुन् ।
ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट खोटेखालसम्म विगत वर्षदेखि नै गाडी चले पनि गैरागाउँसम्म गाडी पुग्न सकेको थिएन । ठाँटिकाँध गाउँपालिका र वडा नम्बर ४ को सक्रियतामा बाटो सञ्चालन भइ पहिलो पटक गाडी पु¥याउन सफल भएको वडाध्यक्ष रमेश सिंजापतिले बताए । ‘हामीले लामो कसरत र मिहेनेतपछि वडा नम्बर ४ मा गाडी पु¥याउन सफल भएका हौं’ उनले भने । रुटका रूपमा स्थापित होस र नियमित गाडी चलोस् भन्ने उद्देश्यका साथ बाटोको स्तरोउन्नति गर्दै लैजाने पनि वडा अध्यक्ष सिंजापतीले बताए ।
गैरागाउँमा गाडी पुगेसँगै नियमित रूपमा गाडी सञ्चालन हुने आशा रहेको र अब पैदल हिँडेर गाडी चढ्नका लागि रामाघाट ठाँटीकाँध वहाँकोट जाने समस्या टरेको स्थानीय भीमबहादुर कठायतले बताए ।
गैरागाउँसम्म गाडी पुगेपछि त्यस क्षेत्रका स्थानीय जनताले राहतको महसुस गरेको र अझै वडा नं. ४ का विभिन्न स्थानमा सडक पु¥याउनका लागि आफ्नो ध्यान केन्द्रित भएको वडाध्यक्ष सिंजापतिको भनाइ छ । विगतका वर्षहरूमा गाडी चढ्नकै लागि ४ घण्टाको पैदल दूरी हिँड्नुपर्ने बाध्यता हटेको उनले बताए ।

प्रकाशित मितिः   १३ माघ २०७५, आईतवार १३:०८