दैलेखी विद्यार्थीहरू संगठित

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्ने दैलेख क्षेत्र नम्बर १ विद्यार्थीहरू संगठित भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको विद्यार्थी भेलाले भगवतीमाई–२ दैलेखका पदम खड्काको अध्यक्षतामा संगठन स्थापना गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्षमा निर्मल अधिकारी, महासचिवमा सरोज न्यौपाने, सचिवमा दिपेन्द्रकुमार बिसी, सह–सचिवमा नविन चन्द, राजन सापकोटा, पूजा रिजाल, कोषाध्यक्षमा अनिता खड्कालाई जिम्मेवारी तोकिएको छ ।
संगठनको सदस्यमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष केसी लोकेन्द्र खड्का, मीना विसी, चन्द्र विसी, रोहीत विसी, डम्मर विष्टलाई चयन गरिएको छ । विष्णकुमार खड्का, सुशील शाही, रेशम विष्ट, विरबहादुर शाही र दिपेन्द्र वलीलाई संगठनको सल्लाहकारमा चयन गरिएको छ ।
संगठनले स्थायी घर दैलेख भइ सुर्खेतमा अध्ययनरत विद्यार्थी तथा दैलेखबासीका लागि परेका समस्या समाधानमा एकबद्ध भएर लाग्ने अठोटसमेत लिइएको छ ।

प्रकाशित मितिः   ७ माघ २०७५, सोमबार १३:२५