‘शिक्षित परिवारमा जन्मिएर पढ्न पाएँ’

विष्णु ज्ञवाली नौलो जागृति सहकारी संस्थाको अध्यक्ष हुन् । उनी त्यसबाहेक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य पनि हुन् । बुुबा विष्णुभक्त पाठक र आमा विष्णुमाया पाठकको सन्तानका रूपमा ज्ञवालीको जन्म वि.सं. २०१३ असोज ११ गते पञ्चपुरी नगरपालिकाको लाटीकाँडामा भएको हो । नेपाली कांग्रेस सुर्खेतकी नेतृसमेत रहेकी ज्ञवालीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरिन्ः

मेरो बाल्यकाल रमाइलो गरेर बित्यो । त्यो बाल्यकाल मैले अर्को जुनिमा पाउँला कि नपाउँला भन्ने लाग्छ ।
हाम्रो ठूलो परिवार थियो । मेरो बुबाको तीन भाइ हुनुहुन्थ्यो । जेठोबुबा र अंकलहरु छुटिनु भएको थिएन । एउटै परिवारमा २२ जना थियौं । धेरै रमाइलो हुन्थ्यो । भाइबहिनी धेरै हुन्थ्यौं । हामी पनि पाँच भाई र तीन बहिनी छौं । सबै भन्दा जेठो सन्तान । भाइबहिनी हेर्ने जिम्मेवारी पनि थियो ।
सानो छँदा पढाइसँगै घरको काम पनि गर्नुपथ्र्यो । कहिले काहीं रहरले दिदीहरुसँग गाइगोठालो जाने, घाँस दाउरा लिन जंंगल जाने पनि गरियो । चामल र पिठो चोरेर बनमा लिएर रोटी पकाउने, भात पकाएर खाने पनि गरिन्थ्यो । घाँस–दाउरा, गाइगोठाला जाँदा प्रायः हामी भन्दा ठूला दिदी र साथीहरुले घरबाट चामल र तेल चोरेर लैजानुहुन्थ्यो । जंगलमा रोटी पकाएर खान्थ्यौं । कहिले काहीं भात पकाएर खान्थ्यौं । कहिले काहीं गाउँमा अमिलो चोरेर पनि खान्थ्यौं । गाउँघरमा धेरै फलफूल पनि पाइन्थ्यो ।
मैले थाहा पाउने बेलामा गाउँमा विद्यालय थिएनन् । मेरो बुबा र अंकलहरु पढाउनुहुन्थ्यो । गाउँमा पढेलेखेको बुबाहरु हुनुहुन्थ्यो । बुबा अंकलहरुले ज्योतिषीको काम पनि गर्नुहुन्थ्यो । त्यसबेलामा गाउँमा विद्यालय खोल्नका लागि बुबाहरुसँगै हिँड्थें । बुबा छोराछोरीलाई पढाउनुपर्छ भनेर घरघरमा जानुहुन्थ्यो । हामी पछि सोही विद्यालयमा नै पढ्यौं । छोरीलाई पढाउनु हुँदैन भन्ने समाज हुँदाहुँदै पनि बुबा–आमाले हामीलाई पढाउन अघि सर्नुभयो । बुबाहरुले छोराछोरीहरुलाई पढाउने भनेर शिक्षकहरु राख्नुहुन्थ्यो । बुबाहरुको भाइ सबैले पढ्नु भएको हो ।
म कुनै पनि काम गर्न अघि सर्थें । सहज रुपमै काम सम्पन्न पनि गर्थें । त्यही भएर सबैले मलाई धेरै बाठी छ, जहाँ गएर पनि काम गर्न सक्छिन भनेर भन्नुहुन्थ्यो । बुबाहरु अलिअलि राजनीतिमा पनि हुनुन्थ्यो । मैले उहाँहरुको प्रेरणाबाट राजनीतिमा पनि आकर्षित भएँ । सँगै समाजिक कामहरुमा लाग्ने प्रेरणा पनि मैले उहाँबाट पाएँ । पञ्चायतकालमा बुबा अविर लगाएर आउनुहुन्थ्यो । बुबाले पूजापाट गर्ने भएकाले पनि पूजा गर्नुपर्छ भन्ने र राजनीतिमा लाग्छु भन्ने लागेको थियो ।
१६ वर्षकै उमेरमा मेरो विवाह भयो । त्यसबेलामा प्रायः सानै उमेरमा छोरीको विवाह गरिदिने चलन थियो । घरमा माग्न आउनेहरु धेरै थिए । नरमाइलो लाग्थ्यो । मलाई किन माग्न आएका होलान् भनेर रुन्थें । वीरेन्द्रनर–१४ रतुमा मामाको घर थियो । मामाले भान्जी दिन्छु भनेर भन्नु भएको रहेछ । कहिले पनि नचिनेको, कहिल्यै नदेखेसँग विवाह हुँदा अर्कै पनि लाग्यो । त्यसबेलामा फोनको पनि सुविधा थिएन । किन होला माग्न आउने भनेर रुन्थें । बुबा–आमाले छोरीको विवाह नगर्ने भनेर खबर पठाउनुभयो । तर समय गइसकेको थियो विवाह भयो ।
अहिले पनि रुरु बाल्यकालका साथीहरु, त्यो समय कति रमाइला थिए । अहिले रुरु दिनहरु कहाँ गए भन्ने लाग्छ । जेठोबुबाका छोरीहरु, छोराहरु नाताले भाइबहिनी भए पनि साथी जस्तै थिए । भाइबहिनीको हेरचाह गर्ने काम पनि हन्थ्यो । बुबा–आमाले हामीलाई पढ्नमा नै बढी जोड दिनुहुन्थ्यो । काममा त्यति लगाउनुहुन्थ्यो । कहिले काहीं भने बुबा–आमा सँगसँगै बस्न नपाउँदा नरमाइलो लाग्ने
गथ्र्यो । लेक र वेशीमा घर हुन्थें पहिला । कहिले काहीं बुबा–आमा तल–माथि घर जानुहुन्थ्यो । सँगै बसिदिनु भएको भए हुन्थ्यो जस्तो लाग्थ्यो ।
अहिले राजनीतिसँगै सामाजिक कामहरु गर्छु । नौलो जागृति सहकारी अध्यक्ष छु । स्थापनाकालदेखि नै सहकारीमा सहभागी भएँ । नेपाली कांग्रेसको बुथको सभापति भएर पनि राजनीतिमा सक्रिय भएँ । अहिले पनि वडामा सक्रिय नै छु । जन माध्यमिक विद्यालय, बालमन्दिर विद्यालयको व्यवस्थापन समितिको सदस्य भएर पनि काम गरें । रेडक्रसमा पनि आवद्ध भएर लामो समयसम्म काम गरेें । अब त उमेर ढल्कदै पनि गयो । अझै पनि सामाजिक कामहरुमा सक्रिय नै छु । अब विस्तारै सहकारीको नेतृत्व हस्तान्तरण गर्ने सोचमा छु । अझै पनि समाजका लागि केही गर्न सक्छुकी भन्ने लाग्छ ।

प्रकाशित मितिः   ७ माघ २०७५, सोमबार १३:२४