‘सोलार मुस’ परियोजना सुरु
साझा बिसौनी संवाददाता
सुर्खेत, ३ माघ ।
सुर्खेतको पश्चिम क्षेत्रका नागरिकलाई लक्षित गरी सोलार मुस–३ परियोजना शुभारम्भ भएको छ । रिन्यूएवल वल्र्डको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाको साझेदारीमा उक्त परियोजना प्रारम्भ भएको हो ।
बिहीवार पञ्चपुरी नगरपालिकाको बावियाचौरमा विभिन्न सरोकारवाला निकायसँगको बैठक बसी परियोजनालाई थप सफल पार्न महŒवपूर्ण छलफल सम्पन्न गरिएको छ । चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पानीको अभाव झेलिरहेका नागरिकलाई प्राथमिकतामा राख्दै उक्त परियोजना लागू गरिएको परियोजनाका सामाजिक परिचालक विमलप्रसाद कोइरालाले जानकारी दिए ।
नगपालिकामा चार वटा सोलार मुस उपभोक्ता समितिमार्फत् काम अघि बढाइने उनले बताए । एक घर एक धारा भन्ने मूल नाराका साथ नवीकरणीय ऊर्जा प्रविधिमार्फत् स्वस्थ र पर्याप्त पानी विकटबस्तीमा पु¥याउने लक्ष्यसहित परियोजना अघि बढेको हो । सोलार मुस तेस्रो परियोजनाबाट झण्डै पाँच सय ६७ घरधुरी लाभान्वित हुने भएका छन् । जुगेधारा सोलार मुसबाट एक सय पाँच, राग
सुन्दरपुरमा एक सय ७८, सान्नेघारी ८५, जाब्देन भक्ताडी सोलार मुसबाट एक सय ९८ घरधुरी लाभान्वित हुने भएका हुन् । शुभारम्भ बैठकमा बराताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, पञ्चपुरी नगरपालिकाका उप–प्रमुख मुक्तिदेवी रेग्मीले परियोजना सफल बनाउन स्थानीय सरकारको तर्फबाट जति सक्यो सहयोग गर्ने बताएका छन् । बैठकमा स्थानीय विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो । बैठक सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा भएको थियो ।
साझा बिसौनी ।