बाल्यकालकै सपना पूरा गर्दैछु

सुर्खेतका शिव संगीत गायक हुन् । नेपाली आधुनिक तथा झ्याउरे गीत गायनमा उनले आफ्नो परिचय बनाएका छन् । वि.सं. २०४५ फागुन ६ गते बुबा कुलमान नेपाली र आमा सीता नेपालीको सन्तानका रूपमा वीरेन्द्रनगर–७, ईत्राममा जन्मिएका शिव संगीत कल्चर नेपाल नेटवर्क प्रालिका सञ्चालक पनि हुन् । विगतमा शिक्षण र सञ्चारकर्ममा समेत सक्रिय उनी अहिले कलाकारितामा नै केन्द्रित छन् । कलाकारितामा नै स्थापित हुँदै गरेका उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः


म शिवरात्रीका दिन जन्मिएको । त्यसैले मेरो नाम शिव नै रहन गयो । संगीत मेरो रुचिको विषय । बाल्यकाल एकदमै रमाइलोसँग बित्यो । बुबा कलाकार भएकाले पनि घरमा सांगीतिक माहोल नै थियो । मेरो पनि रुचि गीत संगीतमा नैै थियो ।
पारिवारिक माहोल संगीतमय हुनाले पनि म यस क्षेत्रमा आउन केही अप्ठ्यारो भएन । बाल्यकालमा सोझो, लजालु, आफ्ना कुराहरू बाहिर व्यक्त गर्न नसक्ने स्वभावको थिएँ । घरमा म प्यारो छोरा पनि हुँ । सबैले माया गर्नुहुन्थ्यो । म गीत संगीतप्रति बढी रुचि राख्ने, गाउने भएकोले पनि सानैदेखि सबैको माया पाएँ ।
नौ वर्षको उमेरमा नै राष्ट्रिय बालगीत प्रतियोगितामा सहभागी भएँ । पाँच वटा विकास क्षेत्रकोलाई सहभागी गराएर देशव्यापी रूपमा काठमाडौंमा प्रतियोगिताको आयोजना हुन्थ्यो । त्यसका लागि पहिला पाँच वटा विकास क्षेत्रमा छनौट प्रतियोगिता हुन्थ्यो । म त्यतिबेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट प्रथम भएर काठमाडौंमा भएको प्रतियोगितामा सहभागी भएको थिएँ । मेरो बुबाले लेखेको ‘बालक हामी बोल्छौं’ बोलको गीत गाएर म राष्ट्रिय प्रतियोगितामा तेस्रो भएको थिएँ । त्यस लगत्तै रेडियो नेपालमा बज्ने बाल कार्यक्रमको प्रोमोमा गाउने अवसर पाएँ । बासुदेव मुनालसँग गाउने अवसर पाउँदा म निक्कै खुशी थिएँ । मेरो जीवनको सबै भन्दा महŒवपूर्ण उपलब्धी यही अवसर हो ।
म गीत संगीतसँगै अन्य क्रियाकलापहरू पनि सहभागी हुन्थें । बाल क्लबको अध्यक्ष भएर पनि काम गरें । त्यसपछि जिल्ला बाल एशोसियशनको अध्यक्ष भएँ । १२ वटा वडा र चार वटा गाविसका साथीहरूको भोटिङले म जिल्लाको अध्यक्ष भएको थिएँ ।
हामीले बाल क्लबमा रहेर बालअधिकारका क्षेत्रमा काम गथ्र्यौं । बालविवाह न्यूनीकरण, जनचेतनामूलक सडक नाटकहरू देखाउने, बालअधिकारको वकालत गर्ने, टोलटोलमा बाल सहभागिता संरक्षण, जातीय विभेदहरू विरुद्धका विषयमा भिडियो गराउने र देखाउने गथ्र्यौं । त्यसबेलामा चार÷पाँच वटा बालविवाह पनि रोक्न सफल भएका थयौं ।
जिल्ला बालक्लब अनुमगनका लागि, पाल्पा, स्याङ्जा, तनहु, गुल्मी बुटवल पोखरा, काठमाडौं, दैलेख नेपालगन्ज जाने अवसर पनि मिल्यो । कामाडौंमा गिरिजाप्रसाद कोइलालाई पत्रकारको भूमिकामा प्रश्न गर्ने मौका पाएको थिएँ । ती क्षणहरू पनि रमाइला छन् ।
गीत संगीतका कार्यक्रममा गीत गाउन पनि पुगिहाल्थें । सानो भएर पनि सबैल बोलाउने गर्थे । प्रायः सुर्खेतमा हुने सबै कार्यक्रममा म सहभागी हुन पुग्थें । सरकारी कार्यालयका कार्यक्रम, नेतामन्त्री आए म गएर गाउँने । विद्यालयको वार्षिउत्सवमा म नै हुन्थें । बालरोग सम्बन्धी, क्षयरोग लगायतका विषमामा पनि गीत गाउने प्रतियोगिता हुन्थ्यो । प्रायः म सबैमा सहभागी हुन्थें ।
खेलकुदमा पनि रुची थियो । स्काण्टमा आवद्ध भएर लिडरसीप गर्ने मौका पनि पाएको थिएँ । बाल्यकालमा नै सुर्खेतका धेरै ठाउँमा पुगेको थिएँ । बालक्लबमा हुँदा नाटक देखाउन जाँदा धेरै ठाउँमा गएको छु । बाल क्लबबाट नाटक देखाउँदा प्रथम भएका छौं । मैले लेखेको ‘कुलत’ भन्ने थियो । त्यो नाटक प्रथम भएको थियो ।
गीतसंगीतसँगै पढाइ पनि अघि बढेको थयो । नर्सरीदेखि २ कक्षासम्म इगरबिज्र बोर्डिङ्ग स्कुलमा पढें । त्यसपछि ईमात्र स्कुलमा पढ्न आएँ । त्यहाँ एकै पटक चार कक्षामा पढ्न सुरु गरें । मैले एसएलसी २०६१ सालमा गरेको हुँ । । १० कक्षामा पढ्दा–पढ््दै मैले लोक गीतको प्रतियोगितामा नेपाल प्रथम भएँ ।
बाल्यकालमा बदमासी गर्न सकिएन । बुबामम्मीको डर पनि लाग्थ्यो । अरुले बदमासी गरेपछि आफूले गाली खानुपर्ने अवस्था पनि आउँथ्यो । घरको एक्लो छोरा भएकाले बुबा–आमाले असाध्थै माया गर्नुहुन्थ्यो । चाडपर्व भनेपछि धेरै रमाइलो लाग्थ्यो । विद्यालय बिदा लामो समय हुुने । मामाको घर नजिकै हुन्थ्यो । खाने रमाउने गथ्र्यौं ।
बाल्यकालमा मेरा साथीहरू सीमित थिए । धेरै साथी बनाइनँ । सीमित साथीहरूसँग रमाइलो लाग्थ्यो । साथीभाई, आफन्तहरूले गीत संगीत जानेको, सानैमा काठमाडौंमा पुगेर प्रथम भएको भनेर कुरा गर्थे । यसले गर्दा भित्रभित्रै फेरि गीत संगीतमा नै केही गर्नुपर्छ भन्ने लाग्थ्यो । अहिले गीत संगीतमै रमाएको छु । मैले कलाकालिता अपनाउँदा पढाइलाई भने छोडिनँ ।
केही समय शिक्षण पनि गरें । ओभरसिएर पढेंको थिएँ । केही समय रेडियोमा पनि काम गर्ने अवसर पाएँ । यो बीचमा अहिले मैले करिब दुई सय गीत गाएको छु, झ्याउरे र आधुनिक । बीचमा केही समाजिक संघ–संस्थामा पनि आवद्ध भएर काम गर्ने अवसर पाएँ । अहिले बाल्यकालकै सपना पूरा गर्दैछु । कलाकालितामार्फत् कला संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा छु ।

प्रकाशित मितिः   ३० पुष २०७५, सोमबार १५:१९