मंगलगढीको साधारणसभा

सुर्खेत, २८ पुस । (साबिस)
कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले सहकारी नै कर्णालीको विकासको आधार रहेको बताएका छन् । मंगलगढी बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै उनले भौगोलिक विकटताले भरिएको कर्णालीलाई समृद्ध बनाउन सहकारीले महŒवपूर्ण योगदान दिने बताए ।
‘यहाँका किसानहरूको स्तर माथि उठाउन र उनीहरूलाई समृद्ध बनाउन सहकारीको भूमिका महŒवपूर्ण छ’ सांसद विष्टले भने, ‘त्यसका लागि सहकारीले गाउँ बस्तीमा गएर हरेक किसानलाई उत्पादनसँग जोड्न आवश्यक छ ।’ उनले प्रदेश सरकार सहकारीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै सहकारी क्षेत्रमा रहेका विकृति हटाउँदै समृद्धिको यात्रामा सबै अघि बढ्नुपर्ने बताए ।
संस्थाका कोषाध्यक्ष खगेन्द्रराज केसीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा संस्थासँग जम्मा सम्पत्ति दुई करोड ३३ लाख ३६ हजार ६५६ रहेकोमा आर्थिक वर्ष २०७४÷०७५ मा त्यो बढेर तीन करोड तीन लाख ४५ हजार एक सय ४१ पुगेको छ ।

प्रकाशित मितिः   २९ पुष २०७५, आईतवार १४:४७