‘सहकारीमार्फत् समृद्धि’
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ पुस ।
सहकारीमार्फत् कर्णाली प्रदेशको विकास गर्न सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न उज्वल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभामा सहभागीहरूले यस्तो बताएका हुन् ।
गरीब प्रदेशको संज्ञा दिइएको कर्णाली प्रदेशलाई सहकारी कै माध्यमबाट समृद्ध कर्णाली बनाउनुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले प्रदेश सरकारले कर्णालीका दुर्गम बस्तीमा सहकारी गठन गरी ती सहकारीका माध्यमबाट जनतालाई उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने उल्लेख गरे । हरेक युवा, किसान उत्पादनमा जोडिएको खण्डमा मात्र कर्णाली प्रदेश आत्मनिर्भर हुने सदस्य योगीको भनाइ थियो ।
त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीको आर्थिक समृद्धिका लागि सहकारीले महŒवपूर्ण योगदान दिने भन्दै सहकारीहरू अव उत्पादन क्षेत्रमा जोडिनुपर्ने बताए । रावतले सहकारीहरूले पैसा मात्र बचत गर्ने नभइ बचत भएको पूँजीले ठूला–ठूला उद्योगहरू खोल्न आग्रहसमेत गरे ।
संस्थाका कोषाध्यक्ष खगेन्द्रप्रसाद पोखरेलका अनुसार संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा तीन करोड ६० लाख २५ हजार तीन सय ५७ रूपैयाँको कारोबार गरेको छ भने एक करोड २९ लाख ५० हजार सात सय रूपौयाँको संस्थाको कूल पूँजी रहेको छ । त्यस्तै एक करोड ८७ लाख ५२ हजार नौ सय ५५ रूपैयाँ संस्थाको बचत संकलन रहेको छ । संस्थाले एक करोड ७४ हजार २३ लाख चार सय ६१ रूपैयाँ ऋण लगानी गरेको र ३२ लाख ६० हजार एक सय ९० रूपैयाँ ब्याजबाट प्राप्त भएको कोषाध्यक्ष पोखरेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले गर्ने कार्यक्रमहरू प्रस्तुत गर्दै संस्थाका महासचिव लक्ष्मण कँडेलले घरेलु उद्योगीहरूलाई प्रोत्साहनका लागि १० जनालाई १५ लाखसम्मको कर्जा दिने कार्यक्रमलाई निरन्तरता दिने, अपाङ्गता भएकाहरूलाई सहुलियतमा कर्जा प्रवाह गर्ने लगायतका योजना रहेको जानकारी दिए । संस्थाले आफनो वार्षिक साधारणसभाको अवसरमा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सुनगाभा टेलिभिजनका पत्रकार यज्ञ खत्रीलाई सम्मानसमेत गरेको थियो ।
साझा बिसौनी संवाददाता ।