शिवविहारमा श्रेष्ठ

सुर्खेत, २८ पुस । (साबिस)
शिवविहार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न १८ औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुवर्णभूषण मानन्धर, सचिवमा बालकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सरोज श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा राधा थापा गौतम, बन्दना श्रेष्ठ, गंगाकुमारी वली, भरत श्रेष्ठ, हरिचन्द्र अधिकारी, सुरेश मानन्धर र हरिविक्रम जिसी चयन भएका छन् ।
संस्थाको लेखा समिति संयोजकमा नविनप्रकाश शाक्य तथा सदस्यमा चुडामणि शर्मा र डम्मरमान श्रेष्ठ रहेका छन् । चुनावी साधारणसभामा पदम दहाल, कर्णबहादुर बुढा, कृष्णबहादुर भण्डारी, दिनेश नेपाली लगायतको सहभागिता रहेको संस्थाका प्रबन्धक लवमान श्रेष्ठले जानकारी दिए ।