ओयसिसको कारोबार एघार करोड

सुर्खेत, २८ पुस । (साबिस)
ओयसिस बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा एघार करोड बढी कारोबार गरेको छ । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न ११ औं वार्षिक साधारणसभा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ११ करोड ३७ लाख ९८ हजार बराबरको कारोबार गरेको हो ।
संस्थाका अनुसार शेयर पूँजीमा पनि वृद्धि भएको छ । अघिल्लो वर्षकोभन्दा पाँच लाख ७२ हजार ६ सयले वृद्धि भएर ८४ लाख २५ हजार पुगेको छ । त्यसैगरी ६ करोड ९२ लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले तीन करोड ८८ लाख ८२ हजार ऋण प्रवाह गरेको छ भने यस वर्ष संस्थाले ७३ लाख ८२ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको जनाइएको छ ।
साधारणसभा संस्थाका अध्यक्ष भद्र भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न सहकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ पुष २०७५, आईतवार १४:४६