सुर्खेतमा अर्को उद्योग वाणिज्य संघ

बिसौनी संवाददाता
सुर्खेत, २१ चैत ।
सुर्खेतमा अर्को उद्योग वाणिज्य संघ दर्ता भएको छ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा उद्योग वाणिज्य संघ भेरी सुर्खेत दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आइतवार संघ दर्ता भएको हो । 
नवगठिन उद्योग वाणिज्य  संघ भेरीको अध्यक्षमा रत्नबहादुर अधिकारी रहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा बिर्खबहादुर सार्की, उद्योग उपाध्यक्षमा मेघराज ढकाल, वाणिज्य उपाध्यक्षमा जयबहादुर डाँगी, महासचिवमा नरबहादुर बिसी, सचिवमा सोमराज ढकाल र कोषाध्यक्षमा पूर्णबहादुर खत्री रहेका छन् । २३ सदस्यीय कार्यसमितिमा धर्मराज खड्का, विष्णुनाथ योगी, कर्णबहादुर चन्द, लालसिंह बुढा क्षेत्री, अम्मर वली, मोतिप्रसाद चपाईं, वीरबहादुर सोनी, नरजंग कामी, इन्द्रबहादुर 
केसी, चन्द्रबहादुर थापा, तेजबहादुर पौडेल, यामबहादुर थापा, रामबहादुर वली, कृष्णप्रसाद गिरी र दिपक ओली रहेका छन् । 
पूर्वी सुर्खेतका व्यापारी तथा व्यवसायीहरूलाई सङ्गठित गरी संघ दर्ता गरिएको सचिव सोमराज ढकालले जानकारी दिए । हाललाई भेरीगंगा नगरपालिका, शुभाघाट गंगमाला नगरपालिका र आसपासका गाविसहरूमा कार्यक्षेत्र तय गरिएको र केही समयभित्रै जिल्लाभरी कार्यक्षेत्र विस्तार गरिने उनले जानकारी दिए ।
प्रकाशित मितिः   २२ चैत्र २०७२, सोमबार ०६:५३