सहकारी संघको साधारणसभा
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ पुस ।
जिल्ला सहकारी संघ लिमिटेड सुर्खेतको आठौं वार्षिक साधारणसभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले सहकारी क्षेत्रको विकासले नै कर्णालीको समृद्धिमा योगदान पुग्ने बताए । स्थानीय र प्रदेश सरकारले सहकारी संघलाई केही अधिकार दिएमा मात्र सहकारी क्षेत्रको विकास हुने उनको भनाइ थियो । सहकारी मानव जीवनको मेरुदण्डको रूपमा स्थापित भएको उनको जिकिर थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य यज्ञप्रसाद ढकाल, कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावत, बहुउद्देश्यीय सहकारी संघका सुशील शर्मा लगायतको सहभागिता रहेको थियो ।
सभामा संघका सचिव रविन्द्र शाहले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुनकुमार बुचामगरले आर्थिक तथा नीति–कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संघको लेखासमितिको प्रतिवेदन संघका लेखा समिति संयोजक कृष्णप्रसाद पौडेल र सहकारी प्रवद्र्धन केन्द्रका संयोजक कर्णबहादुर बुढाले संघको सहकारी प्रवद्र्धनका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साझा बिसौनी संवाददाता ।