नहरमा डुबेर बालकको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ पुस ।
सिँचाइका लागि बनाएको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बरैंचेका टेकबहादुर बिसीका छोरा सुवास बिसीको निधन भएको हो ।
बुधवार घर नजिकै खेल्ने क्रममा नहरमा डुबेर ११ महिनाका ती बालक घाइते भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारका क्रममा बालकको मृत्यु भएको बालकका ठूलाबुबा कृष्ण बिसीले जानकारी दिए ।

प्रकाशित मितिः   २६ पुष २०७५, बिहीबार १२:३२